समस्याग्रस्त नेपाल सेयर मार्केटको व्यवस्थापन समूहको संयोजकमा रोशनकुमार अधिकारी

समस्याग्रस्त नेपाल सेयर मार्केटको व्यवस्थापन समूहको संयोजकमा रोशनकुमार अधिकारी

समस्याग्रस्त नेपाल सेयर मार्केट एण्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजक पदमा रोशन कुमार अधिकारी छानिएका छन्। उनी मुख्य संयोजक पदमा छानिएका हुन्।

यस्तै बैकल्पिक उम्मेदवारमा प्रकाश घिमिरे र गोविन्द प्रसाद शर्मा छानिएका छन्। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त् उक्त फाइनान्सको व्यवस्थापन समूहको संयोजक पदपुर्तिको लागि परिक्षा लिएको थियो ।

राष्ट्र बैंकले छनोटमा परेका मुख्य उम्मेदवार नियुक्तका लागि बैशाख २ गतेसम्ममा केन्द्रीय बैंकमा सम्पर्क राख्न समेत आग्रह गरेको छ । सो समयमा मुख्य उम्मेदवार सम्पर्क गर्न नआए योग्यताक्रम अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिने केन्द्रीय बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २७ चैत २०८०, मंगलबार १८ : २० बजे