जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने

0
Shares

जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन।

उनले सोमबार अमेरिकी डलरविरुद्ध येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारवाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने टिप्पणी गरे ।

ओरालो लागिरहेको जापानी मुद्रा टोक्योमा अमेरिकी डलरको तुलनामा करिब एक सय ५३ दशमलव ७० सम्म कमजोर भएको छ । यस्तो स्तर सन् १९९० पछि देखिएको थिएन । यसबाट जापानी सरकारका लागि सन् २०२२ मा गरेजस्तै हस्तक्षेप गर्ने सम्भावना सिर्जना भएको छ ।

“हामीले घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ र सबै आवश्यक कदम चाल्नेछौँ”, मन्त्री सुजुकीले पत्रकारहरूलाई भने।

जापानी येन पहिले नै विगतको स्तरभन्दा तल झरेको छ । जापानले पहिला नै गिरावट रोक्न हस्तक्षेप गरेको थियो । सन् २०२२ अक्टोबरमा एक अमेरिकी डलरको तुलनामा एक सय ५२ येनको नजिक पुगेपछि जापानी अधिकारीहरूले डलर बेचेर येन किनेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।