लक्ष्मी सनराइज बैंकले सार्वजनिक गर्यो कार्बन उत्सर्जन प्रतिवेदन

लक्ष्मी सनराइज बैंकले सार्वजनिक गर्यो कार्बन उत्सर्जन प्रतिवेदन

लक्ष्मी सनराइज बैंकले आर्थिक वर्ष २०७९–८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।

वातावरणीय उत्तरदायित्व प्रतिबद्धतालाई सुढृद बनाउँदै बैंकले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल पार्टनरसीप (पीसीएएफ) सँग २०२१ देखि आबद्द छ । पीसीएफ वित्तीय संस्थाहरूको विश्वयापी साझेदारी समूह हो, जसले वित्तीय संस्थाहरूको कर्जा र लगानीका क्षेत्रहरू मार्फत उत्सर्जन हुने ग्रिन हाउस ग्याँसको मूल्यांकन र सोको विवरणहरू संकलन तथा सार्वजनिक गर्ने गर्दछ ।

लक्ष्मी सनराइजको प्रकाशित विवरणले बैंकको सवारी साधन कर्जा र आवासीय कर्जा मार्फत गत आवसम्म (१६ जुलाई २०२३ सम्म) कुल १५ हजार ९६५ टन कार्बनडाइअक्साइड इक्विभ्यालेन्ट उत्सर्जन गरेको देखाएको छ । जसमध्ये सवारी साधन कर्जा मार्फत ३ हजार ६४४ दशमलव ५१ टन र आवासीय कर्जा मार्फत १२ हजार ३२० दशमलव ६० टन कार्बन उत्सर्जन भएको छ।

बैंकले आफ्नो कार्बन फुटप्रिन्टको पहिचानसँगै उत्सर्जन गरेको कार्बनडाइअक्साइडको असरलाई न्यूनीकरण गर्न पहल अगाडि बढाइसकेको जनाएको छ । विभिन्न हरित परियोजनामा लगानी बढाउनुका साथै आफ्ना डिजिटल प्लेटफर्मको पहुँचलाई अझ सुगम र सुढृद बनाउने, पूर्णरूपमा डिजिटल बचत खाताहरुको सञ्चालन गर्ने र आफ्ना ग्राहकलाई दिगो अभ्यास गर्न प्रेरित गर्ने लगायतका कार्यहरू गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ बैशाख २०८१, सोमबार १८ : ४८ बजे