निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मुकेश दाहाल नियुक्त भएका छन् ।
लघुवित्तको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले दाहाललाई रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि कम्पनीमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए ।
दाहाललाई वैशाख ४ गतेदेखि २ वर्ष अवधिको पहिलो कार्यकालका लागि सीईओमा नियुक्त गरिएको कम्पनी सचिव जग्य प्रसाद पन्तले जानकारी दिए । दाहाल सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा हुन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
