श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सञ्चालक चयन

0
Shares

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा आदर्श राज पाण्डे चयन भएका छन् । पाण्डे संस्थापक सेयरधनी समुह तर्फको सञ्चालक नियुक्त भएका हुन् ।

२०८१ बैशाख ४ गते अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको ३४१ औं बैठकले कामपा ३० डिल्लीबजार बस्ने पाण्डे लाई बाँकी अवधिका लागि सञ्चालक पदमा नियुक्त गरिएको प्रमुख कार्यकारी अधिकृत लिलामणि न्यौपानेले जनाकारी दिए ।

फाइनान्सको सञ्चालक समितिमा संस्थापक सेयरधनी समुहतर्फको १ जना प्रतिनिधि रिक्त रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।