ज्योति विकास बैंकको वितरणयोग्य मुनाफा २८ करोड बढी ऋणात्मक

0
Shares

ज्योति विकास बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख ५८ हजार रुपैयाँ ऋणात्मक हुन पुगेको छ । गत आवको यहि अवधिमा २७ करोड ६ लाख वितरणयोग्य मुनाफा ऋणात्मक रहेकोमा चालु आवमा थप बढेको हो । चैत मसान्तसम्मको अवधिमा कम्पनीको जगेडा कोषमा १ अर्ब ७९ करोड रुपैयाँ सञ्चित छ ।

आज सार्वजनिक भएको बैंकको तेस्रो त्रैमासिक विवरण अनुसार खराब कर्जा (एनपिएल) अनुपात बढ्दा बैंकको खुद नाफामा नाफामा उल्लेख्य रुपमा २४.४० प्रतिशतको गिरावट आएको छ । ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घटेको हो।
बैंकले आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार १५ करोड २४ लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा बैंकले २० करोड १६ लाख १८ हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १.७५ प्रतिशतले बढेर १ अर्ब ७० करोड ६८ लाख रुपैयाँ कायम भएको छ। यस्तै बैंकको सञ्चालन मुनाफा भने २३.३१ प्रतिशतले घटेर २२ करोड ७ लाख ६९ हजार रुपैयाँमा संकुचित बनको छ ।
बैंकको खराब कर्जा अनुपात अघिल्लो वर्ष ३.८९ प्रतिशत रहेकोमा यो वर्ष बढेर ४.९७ प्रतिशत पुगेको छ । यस्तै सम्भावित कर्जा नोक्सानी वापत (इम्पेरमेन्ट चार्ज) को व्यवस्थापन रकम तेस्रो त्रैमासमा थप २८ करोड २७ लाख सहित कुल ८३ करोड २ लाख रुपैयाँ छुट्ट्याएको छ ।

यस अवधिमा बैंकको कुल सञ्चालन आम्दानी १.५४ प्रतिशत बढेर १ अर्ब ९२ करोड २७ लाख रुपैयाँ र खुद शुल्क तथा कमिसन आय ५ प्रतिशत घटेर १४ करोड ७५ लाख रुपैयाँमा कायम भएको छ ।

बैंक हाल कपिल ढकालको नेतृत्वमा सञ्चालनमा छ। ढकाल गतमंसिर २० गतेयता बैंकको बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भुमिकामा रहेका छन् । गत आर्थिक वर्षमा समेत सेयरधनीको हात खाली पारेको बैंकले अहिलेको अवस्थामा नै रहे आगामी वर्षमा पनि लाभांश बाँड्नेसक्ने अवस्था देखिन्न । नुवाकोटमा स्थापना भएको तत्कालिन हाम्रो विकास बैंकको प्रमुख कार्यकारी अधिकृत रहेर काम गरिसकेका तथा बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्षभन्दा बढीको अनुभव रहेका ढकालले आगामी दिनमा बैंकको अवस्थालाई कसरी सुधार गर्छन् सोही अनुसार बैंकले गति लिनेछ ।

चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रुपैयाँ रहेको बैंकको प्रति सेयर आम्दानी१ रुपैयाँ ५० पैसाले घटेर ४ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै यस्तै प्रति सेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात ६३.५९ गुणा छ । बैंकको आधार दर गत वर्ष १२.६६ पतिशत रहेकोमा हाल घटेर ९.९८ प्रतिशतमा झरेको छ भने कर्जा निक्षेप अनुपात ८३.२९ प्रतिशत छ ।

चैत मसान्तसम्ममा बैंकले ६३ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी ५० अर्ब ७३ करोड १३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंका निक्षेप संकलन कर्जा लगानी ०.४६ प्रतिशत घटेर ५० अर्ब ७३ करोडरुपैयाँ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।