फाइनान्स कम्पनीको दोस्रो बजारमा न्यूनतम ३१६ देखि ९०५ रुपैयाँसम्म मूल्य

0
Shares

धितोपत्रको बजारमा सूचीकृत वित्त कम्पनीहरुमध्ये दोस्रो बजारमा न्यूनतम ३१६ देखि अधिकतम ९०५ रुपैयाँसम्म सेयर मूल्य देखिएको छ ।

विसं २०८१ बैशाख ४ गते मंगलबारको बजार मूल्य अनुसार दोस्रो बजारमा नियमित कारोबारमा रहेका १५ मध्ये आठ फाइनान्सको दोस्रो बजार मूल्य ४०० रुपैयाँभन्दा तल, चार ओटाको चार सयभन्दा बढी पाँच सय रुपैयाँभन्दा कम, दुई ओटाको ५०० रुपैयाँभन्दा केही बढी र एकको ९०० रुपैयाँभन्दा केही बढी रहेको छ ।

समीक्षा अवधिमा फाइनान्स कम्पनीहरुमध्ये सबैभन्दा कम मूल्य समृद्धि फाइनान्सको छ । चालु आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार वार्षिक प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा ऋणात्मक रहेको फाइनान्सको मंगलबार दोस्रो बजारमा प्र्रतिकित्ता मूल्य ३१६ रुपैयाँ ५० पैसा रहेको छ । चुक्ता पुँजी ८१ करोड ८९ लाख रहेको समृद्धिको ३३ लाख २७ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबारयोग्य छ ।
गोर्खाज फाइनान्सको भाउ अनुसार सबैभन्दा धेरै प्र्रतिकित्ता ९०५ रुपैयाँ रहेको छ । चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार फाइनान्सको वार्षिक वार्षिक प्रतिसेयर आम्दानी २८ रुपैयाँ २ पैसा छ । चुक्ता पुँजी ८६ करोड ७९ लाख रहेको उक्त फाइनान्सको ४२ लाख ५३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबारयोग्य छ ।

यस्तै १५ रुपैयाँ ६१ पैसा इपीएस रहेको मञ्जुश्री फाइनान्सको प्रतिकित्ता ५०१ रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख रहेको मञ्जुश्री फाइनान्सको सबैभन्दा धेरै ६६ लाख २३ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबारयोग्य छ ।

       
Company Symbol LTP EPS in (Rs) 2080/81 Q2
Best Finance Company Ltd. BFC 346.00 2.54
Central Finance Co. Ltd. CFCL 368.00 -10.04
Goodwill Finance Co. Ltd. GFCL 451.70 4.84
Guheshowori Merchant Bank & Finance Co. Ltd. GMFIL 360.00 -13.24
Gurkhas Finance Ltd. GUFL 905.00 28.02
ICFC Finance Limited ICFC 502.00 8.99
Janaki Finance Ltd. JFL 429.00 0.58
Manjushree Finance Ltd. MFIL 501.00 15.61
Multipurpose Finance Company Limited MPFL 369.80 3.69
Nepal Finance Ltd. NFS 444.00 0.22
Pokhara Finance Ltd. PFL 489.60 5.37
ProgressiveFinance Limited PROFL 317.00 -24.94
Reliance Finance Ltd. RLFL 355.90 -9.77
Samriddhi Finance Company Limited SFCL 316.50 -5.21
Shree Investment Finance Co. Ltd. SIFC 372.80 5.22

 

समीक्षा अवधिमा सबैभन्दा धेरै करि २५ रुपैयाँले इपीएस ऋणात्मक रहेको प्रोगेशिभ फाइनान्सको दोस्रो बजार मूल्य प्रतिकित्ता ३१७ रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब १२ करोड १४ लाख रहेको प्रोगेशिभ फाइनान्सको ५४ लाख ९५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबारयोग्य छ ।

यसैगरी ९ रुपैयाँ ५५ पैसा इपीएस ऋणात्मक रहेको रिलायन्स फाइनान्सको ३५५ रुपैयाँ ९० पैसा, वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ २४ पैसा ऋणात्मक रहेको गुहेश्वरी मर्चेन्टको ३६० रुपैयाँ र १० रुपैयाँ ४ पैसा इपीएस ऋणात्मक रहेको बेष्ट फाइनान्सको ३६८ रुपैयाँ छ । चुक्ता पुँजी १ अर्ब १२ करोड १४ लाख रहेको रिलायन्स फाइनान्सको ५४ लाख ९५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबारयोग्य छ । यस्तै चुक्ता पुँजी १ अर्ब १ करोड २१ लाख रहेको गुहेश्वरी फाइनान्सको ४८ लाख २४ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबारयोग्य छ । साथै चुक्ता पुँजी ८५ करोड ४८ लाख रहेको बेष्ट फाइनान्सको ३४ लाख १९ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबारयोग्य छ ।

Company Paid Up Capital (Rs. in Million) Floated Shares in Market (in Million) Market Cap ( Rs.in Million)
Best Finance Company Ltd. 854.817 3.419 2,957.67
Central Finance Co. Ltd. 948.875 4.627 3,491.86
Goodwill Finance Co. Ltd. 946.115 4.636 4,273.60
Guheshowori Merchant Bank & Finance Co. Ltd. 1,012.176 4.824 3,643.83
Gurkhas Finance Ltd. 867.994 4.253 7,855.34
ICFC Finance Limited 1,183.471 5.799 5,941.02
Janaki Finance Ltd. 690.473 3.383 2,962.13
Manjushree Finance Ltd. 1,351.552 6.623 6,771.28
Multipurpose Finance Company Limited 610.200 2.990 2,256.52
Nepal Finance Ltd. 729.502 2.918 3,238.99
Pokhara Finance Ltd. 1,082.557 4.330 5,300.20
ProgressiveFinance Limited 848.106 4.156 2,688.50
Reliance Finance Ltd. 1,121.452 5.495 3,991.25
Samriddhi Finance Company Limited 818.912 3.327 2,591.85
Shree Investment Finance Co. Ltd. 981.683 4.810 3,659.72

 

यसले के देखाउँछ भने वित्तीय अवस्था कमजोर रहेपनि थोरै चुक्ता पुँजी रहेका कारण फाइनान्सको दोस्रो बजारमा सेयर मूल्य धेरै रहेको छ । दोस्रो बजारमा कारोबारयोग्य कित्ता सबैभन्दा कम नेपाल फाइनान्सको २९ लाख १८ हजार कित्ता छ । यो फाइनान्सको चुक्ता पुँजी ७२ करोड ९५ लाख रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।