प्रभु बैंकको नयाँ सञ्चालकमा अंगिरमान सिंह र तारा मानन्धर

0
Shares

प्रभु बैंकको नयाँ सञ्चालकमा अंगिरमान सिंह र तारा मानन्धर चयन भएका छन् । दुबै सदस्य संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समिति सदस्य नियुक्त भएका हुन् ।

बैंकमा संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समिति सदस्य रहेका रमेश सिंह खड्का र शंकर प्रसाद कालिकोटाले राजीनामा दिएपछि रिक्त रहेको पदमा सिंह र मानन्धरलाई नियुक्त गरिएको हो ।

बैंकको वैशाख ७ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुर–२, सानेपा निवासी सिंह र टोखा निवासी मानन्धरलाई सञ्चालक समिति दसदइमा नियुक्त गर्ने निर्णय गरेको बैंकका सचिव अमित भण्डारीले जानकारी दिए ।

सोहि दिन बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने रमेश सिंह खड्का, शंकरप्रसाद कालिकोटा र स्वतन्त्र सञ्चालक प्रा.डा गीता प्रधानको राजीनामा स्वीकृत गरेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।