वैदेशिक ब्यापारमा १३० देशसँग घाटा ब्यहोर्दै नेपाल, डेनमार्कसँग सबैभन्दा धेरै नाफा

0
Shares

नेपालले चालु आर्थिक वर्ष २०८०–८१ को ९ महीना अवधिमा नेपालले १६२ देशसँग वैदेशिक ब्यापार गरेको छ । वैदेशिक ब्यापार भएको कुल देशमध्ये समीक्षा अवधिमा १३० देशसँगैका ब्यापार घाटा ( उच्च आयात) मा रहेको छ । ३२ ओटा देशसँग ब्यापार नाफा रहेको भन्सार विभागको तथ्याङ्क छ ।

देशमा उत्पादनमुलक उद्योग स्थापना हुन नसक्दा मुलुक पूर्णत आयातमा निर्भर बन्न पुगेको छ । चैतसम्म १२ खर्ब ८१ अर्ब ३१ करोडको कुल वैदेशिक ब्यापार भएकोमा ब्यापार घाटा मात्रै १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बराबर रहेको छ । चालु आवको ९ महीनामा नेपालले १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ ।

चैत मसान्तसम्म सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । यस अवधिमा नेपालले भारतसँग कुल ६ खर्ब ५१ अर्ब ५० करोड ३२ लाख रुपैयाँ ब्यापार घाटा ब्यहोरेको छ । चालु आवको ९ महीनामा भारतबाट नेपालमा कुल ७ खर्ब २९ अर्ब ६५ करोड ८५ लाख रुपैयाँ मूल्यको मालवस्तु आयात भएको छ भने नेपालबाट ७७ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । यस आधारमा हेर्दा नेपालमा नेपालले निर्यात गर्ने वस्तुभन्दा १०.६७ गुणा बढी बढी वस्तु भारतबाट आयात हुने गरेको छ ।

यस्तै दोस्रो ठूलो ब्यापार घाटा रहेको चीनसँग २ खर्ब १४ अर्ब ६५ करोड ५० लाख रुपैयाँ ब्यापार घाटा छ । साउनदेखि चैतसम्ममा चीनबाट कुल २ खर्ब १६ अर्ब ७६ करोड ९५ लाख मूल्यको मालवस्तु आयात भएको छ भने नेपालबाट २ अर्ब ११ करोड ४४ लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । यसैगरी युनाइटेड अरब इमिरेट्ससँग १८ अर्ब ५२ करोड २७ लाख, युक्रेनसँग १४ अर्ब ९० करोड ८४ लाख, मलेसियासँग १४ अर्ब १६ करोड १० लाख, अष्ट्रेलिया ६ अर्ब ८६ करोड ३३ लाख, फ्रान्ससँग ८ अर्ब ९८ करोड ७९ लाख, इन्डोनेशियासँग ८ अर्ब ६४ करोड ४२ लाख, र अर्जेन्टिनासँग ८ अर्ब ६२ करोड ५२ लाख र दशौं ठूला ब्यापार घाटा रहेको देश थाइल्याण्डसँग ६ अर्ब ३१ करोड १४ लाख रुपैयाँ घाटा छ ।

सबैभन्दा धेरै घाटा रहेका देश यस्ता छन् :-

Trade Balance by Countries  : First Two Months of FY 2079/80 (Rs. Thousands)
S.N. Partner Countries Imports_Value Exports_Value Trade_Balance
1 India 729,658,511 77,855,262 -651803249
2 China 216,769,519 2,114,466 -214655053
3 United Arab Emirates 20,480,723 1,957,945 -18522777
4 Ukraine 14,908,839 419 -14908420
5 Malaysia 14,346,591 185,552 -14161039
6 Australia 10,369,186 1,313,938 -9055247
7 France 10,531,024 1,543,070 -8987954
8 Indonesia 8,822,028 177,811 -8644217
9 Argentina 8,626,597 1,366 -8625231
10 Thailand 6,393,798 82,340 -6311458

 

समीक्षा अवधिमा सबैभन्दा धेरै डेनमार्कसँग ब्यापार नाफा रहेको छ । चैत महीनासम्ममा ३२ देशसँग ब्यापार नाफा रहेको डेनमार्कसँग सबैभन्दा धेरै ३९ करोड ६ लाख रुपैयाँ ब्यापार नाफा गरेको छ । सो देशमा नेपालबाट ६७ अर्ब ८३ करोड ७५ लाखको निर्यात हुँदा २८ करोड ७७ लाख रुपैयाँ मात्र आयात भएको छ ।

दोस्रो व्यापार नाफा रहेको मुलुक अफगानस्थानसँग १८ करोड ९ लाख, नर्वेसँग १० करोड ८४ लाख, सुडानसँग ३ करोड ४३ लाख, मौरितानीयासँग ३ करोड १० लाख रुपैयाँ नाफा छ । यसैगरी चैत मसान्तसम्मको वैदेशिक ब्यापारमा लाटभियासग २ करोड ९० लाख, न्यू क्यालेडोनियासँग २ करोड ४३ लाख, माल्दिभ्ससँग २ करोड ३३ लाख, मौरिसससँग १ करोड ७० लाख रुपैयाँ र आइसल्याण्डसँग १ करोड ५४ लाख रुपैयाँ व्यापार नाफा रहेको छ ।

सबैभन्दा धेरै व्यापार नाफा रहेका देश यस्ता छन्ः–

Trade Balance by Countries  : First Nine Months of FY 2079/80 (Rs. Thousands)
S.N. Partner Countries Imports_Value Exports_Value Trade_Balance
1.
Denmark 287,771 678,375 390603
2.
Afghanistan 11,690 192,627 180937
3.
Norway 19,774 128,217 108443
4.
Sudan 460 34,803 34342
5.
Mauritania 235 31,236 31001
6.
Latvia 20,629 49,718 29088
7.
New Caledonia  –    24,384 24384
8. Maldives 721 24,068 23347
9. Mauritius 4,980 21,984 17004
10. Iceland 181 15,633 15452

 

देशमा उत्पादनमुलक उद्योग स्थापना हुन नसक्दा मुलुक पूर्णत आयातमा निर्भर बन्न पुगेको छ । चैतसम्म १२ खर्ब ८१ अर्ब ३१ करोडको कुल वैदेशिक ब्यापार भएकोमा ब्यापार घाटा मात्रै १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ बराबर रहेको छ । चालु आवको ९ महीनामा नेपालले १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको मालवस्तु निर्यात गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।