नेप्सेमा ३५ लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार ३५ लाख ७७ हजार १०५ दशमलव ९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

स्टकका अनुसार ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट वितरण गरेको चुक्ता पुँजीको १ प्रतिशत बोनस बराबरको सेयर आज सूचीकृत भएको हो ।

सोमबार सूचीकृत भएको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिनेछ ।

ग्लोबल आईएमई बैंकले गत आवको नाफाबाट १ प्रतिशत बोनस र कर सहित ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । बैंकको २०८० मङ्सिर २८ गते सम्पन्न १७ औं वार्षिक साधारण सभा प्रयोजनका लागि मङ्सिर १३ गते बुकक्लोज गरिएको थियो । बुकक्लोज अनुसार मङ्सिर १२ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् । नगद लाभांश भने बैंकले यसअघि मङ्सिर २८ गतेदेखि नै वितरण गरिसकेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।