सेयर बजारमा मन्दी, सूचक १९६९ मा झर्दा कारोबार २ अर्बमा खुम्चियो

0
Shares

निरन्तरको गिरावटले सेयर बजारमा मन्दी छाएको छ । पाँच कारोबार दिनपछि आक्ष्तबार बजार दोहोरो अंकले बढेपनि त्यसको भोलिपल्टै सूचक घट्दा बजारमा लगानीकर्ता निराश भएका हुन् ।

लगातारको ५ दिनको घटाईपछि आइतबार १२.२९ अंकले बढेको बजार सूचक नेप्से सोमबार नै १५.४१ अंकले घटेको छ। यसँगै इन्डेक्स १५६९.०२ बिन्दुमा अडिएको छ । आज उच्चतम १९९२.७८ अंकसम्म उक्लिएको बजार न्यूनतम १९६४.४२ अंकसम्म झर्दा २८.३८ अंकको उतार चढाव बजारमा देखा पर्यो ।

सोमबार दैनिक कारोबार रकम घटेर २ अर्ब ५ करोड ८३ लाख ५ हजार १८५ रुपैयाँ कायम भएको छ । यसदिन ३२० कम्पनीका ५६ लाख ५६ हजार २८२ कित्ता सेयर ३८ हजार ५५२ पटक खरिद बिक्री भयो ।

प्रविधिले सेयर बजारमा लगानीकर्ताको पहुँच बढेको भएपनि नयाँ ब्रोकर कम्पनी थप्दा समेत २ अर्बमा कारोबार हुनुले बजारमा निकै कम मात्र कारोबार देखिएको छ । बजारमा सकारात्मक माहोल सिर्जना हुन नसक्दा कारोबारमा अधिकांश लगानीकर्ता निष्कृय बनेका छन् ।

सोमबार म्युचुअल फन्ड ०.०२ प्रतिशतले बढेको छ भने बाँकी बाह्र ओटै उपसमुहगत सूचक राताम्मे बनेका छन् । फाइनान्स सर्वाधिक २.१० प्रतिशतले घटेको बजारमा उत्पादन तथा प्रशोधनमुलक १.२० प्रतिशत, विकास बैंक ०.९५ प्रतिशत र जलविद्युत ०.९१ प्रतिशतले घटेको छ ।

आज सर्वाधिक कारोबार भएको गोर्खाज फाइनान्सको सेयर ७५४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार सहित ११ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ। यस्तै जोशी हाइड्रोपावरको १० करोड १० लाख, सर्वोत्तम सिमेन्टको ५ करोड ८४ लाख, सोनापुर मिनरल्सको ५ करोड ८९ लाख र आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड ६८ लाख रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ।

कारोबारस.ख्या र कित्ता दुबैमा जोशी हाइड्रोपावर अगाडि छ । कम्पनीको २ लाख ७९ हजार ५६३ कित्ता सेयर १ हजार ३६७ पटक खरिद बिक्री भएको हो ।

उता आजको बजारमा पिपुल्स पावर लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.९१ प्रतिशतले बढेर ६५० रुपैयाँ पुगेको छ । दोल्ती पावर कम्पनीको सेयरको भाउ सर्वाधिक ७.३७ प्रतिशतले घटेर ४५१ रुपैयाँ १० पैसामा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।