सपोर्ट लघुवित्तको खुद मुनाफा ९४.९१ % ले बढ्यो, इपीएस कति ?


सपोर्ट लघुवित्तको खुद नाफा ९४.९१ प्रतिशतले बढेर १ करोड २३ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म लघुवित्तको खुद ब्याज आम्दानी ८.७८ प्रतिशतले बढेर ४ करोड ९१ लाख ८१ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन आम्दानी ८९.३५ प्रतिशत बढेर १ करोड ९७ लाख १७ हजार पुगेको छ।

त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २४.१० प्रतिशत बढेर ६ करोड ९६ लाख ७ हजार पुगेको छ भने सञ्चालन मुनाफा १२०.९३ प्रतिशतले बढेर १ करोड ३३ लाख ३३ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४१ पैसा बढेर १७ रुपैयाँ २८ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ७७.९७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२ रुपैयाँ ४० पैसा रहेको छ।

लघुवित्तको चुक्ता पूँजी ९ करोड ५२ लाख रुपैयाँ छ भने जगेडा कोषमा ५ करोड ७९ लाख रुपैयाँ सञ्चित छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।