राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारीमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारीमा शिवहरी श्रेष्ठ नियुक्त

ाष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवहरि श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको बैशाख १४ अर्थात आज बसेको सञ्चालक समितिको बैठकको निर्णयले श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । डा. शिव हरी श्रेष्ठले तत्कालीन बीमा संस्थानको पूर्व सीईओ पदमा रहेर समेत काम गरिसकेका छन् ।

नेपाल खाद्य संस्थानका पूर्व प्रमुख रहेका डा. श्रेष्ठले नेपाल औद्योगिक विकास निगममा २५ वर्ष, बीमा संस्थान र सामुदायिक लघुवित्त संस्थामा समेतकार्य गरिसकेको अनुभव छ ।  सर्टलिस्टमा समावेश भएका सुरेन्द्र थापा, सुवास कोइराला, नारायणकुमार भट्टराई भएपनि श्रेष्ठले नियुक्त पाएका हुन्।

समितिको बैठकले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी सबैमा अब्बल भएपछि श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो । सर्टलिस्टमा परेकाहरुले बैशाख १२ गते प्रस्तुतीकरण र बैशाख १२ गते अन्तर्वार्ता दिएका थिए । कम्पनीको सीईओकालागि ९ जनाको आवदेन परेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १४ बैशाख २०८१, शुक्रबार १५ : २५ बजे