साताको सेयर बजारः फाइनान्सको लगानीकर्ताले कमाए सर्वाधिक नाफा

0
Shares

अघिल्लो साता जस्तै यो सता पनि सेयर बजारमा सुधार आउन सकेन। सेयर बजार परिसूचक मापक नेप्से यो साता ०.३१ प्रतिशत अर्थात ६.२१ अंकले घटेको छ । सूचकसँगै कारोबार रकम पनि ८.३१ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार गत बिहीबार १९७२.१४ बिन्दुमा रहेको नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) घटेर १९६५.९३ बिन्दुमा कायम रहेको छ । साताभरमा ३९.१८ अंकको उतार चढाव भोगेको यो सातको नेप्से बढेर उच्चतम १९९२.५५ अंकसम्म पुग्यो भने न्यूनतम १९५३.३७ बिन्दुसम्म झरेको थियो ।

कतारी अमिरको स्वागतमा मंगलबार सार्वजनिक विदाका कारण यो साता चार कारोबार दिन मात्र बजार खुल्यो । चारैदिनमा दुई दिन घटेको बजारमा दुई दिनवृद्धि भयो । यद्यपी वृद्धिभन्दा गिरावट गहिरो हुँदा बजार घटेर तल्लो बिन्दुमा बन्द भएको हो । यस साता कुल ९ अर्ब २२ करोड १६ लाख ७२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । गत साता १० अर्ब ५ करोड ७९ लाख ८२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । पहिलो दिन आइतबार १२.२९ अंकले बढेको बजार, सोमबार १५.४१ अंकले घटेको हो । यस्तै बुधबार ०.१५ अंकले बढ्यो भने बिहीबार पुनः नेप्से परिसूचक ३.२४ अंकको गिरावट सहित बन्द भएको हो । यो साता पुँजी बजारमा २ करोड ५६ लाख ४६ हजार कित्ता सेयर कारोबार भएको छ । जुन ०.७३% कम हो । गत साता २ करोड ५८ लाख ३४ हजार ४७७ कित्ता सेयर कारोबार भएको थियो ।

कारोबारमा आएका १३ मध्ये चार ओटा बढेका छन् भने ९ ओटा उपसमुहगत सूचक घटेको छ । यो साताको बजारमा फाइनान्स बढ्दा यो क्षेत्रका लगानीकर्ता मालामाल बनेका छन् । यो साता फाइनान्स इन्डेक्स सर्वाधिक ३.९७ प्रतिशतले बढेको छ । यस्तै उत्पादन तथा प्रशोधन ०.८९, निर्जीवन बीमा ०.१६ र अन्यको इन्डेक्स ०.०१ प्रतिशतले घटेको छ । उता बैंकिङ्ग ०.९६ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटनमुलक ०.९० प्रतिशतले घटेको छ ।

यो साता पनि गोर्खाज फाइनान्सको सर्वाधिक ३२ करोड २२ लाख रुपैयाँ बढीको धितोपत्र खरिद बिक्री भएको छ । यस्तै पोखरा पाmइनान्सको ३६ करोड ३३ लाख, पिपुल्स पावर लिमिटेडको २४ करोड ४२ लाख, जोशी हाइड्रोपावरको १९ करोड ७५ लाख, सर्वोत्तम सिमेन्टको १८ करोड ७९ लाख, शिवम् सिमेन्ट १८ करोड ३७ लाख, आईएमई लाइफ इन्स्योरेन्सको १८ करोड, नेपाल फाइनान्सको १७ करोड ७९ लाख, हिमालयन रि इन्स्योरेन्सको १६ करोड ६९ लाख रुपैयाँ र सोनापुर मिनरल्स आयलको १५ करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबारको कारोबारपछि कुल बजार पुँजीकरण ३१ खर्ब १७ अर्ब २२ करोड ६२ लाख रुपैयाँमा समेटिएको छ । गत साता ३१ खर्ब २७ अर्ब ७ करोड ५८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा ०.३१% अर्थात ९ अर्ब ८४ करोड ९६ लाख रुपैयाँले कुल बजार पुँजीकरण घटेको हो ।

यो साताको बजारमा पोखरा फाइनान्सका सेयर लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर मूल्य १७.३१ प्रतिशत बढेर ६१० रुपैयाँ पुगेको छ । यस्तै मल्टिपर्पस फाइनान्सको १४.९३१ प्रतिशत बढेर ४२५ रुपैयाँ र वीन नेपाल लघुवित्तको ११.ं८० प्रतिशतले बढेको छ ।

सातको बजारमा एनआईसी एशिया बैंकको सेयर मूल्य सर्वाधिक ९.४८ प्रतिशतले घटेर ४४८.५० रुपैयाँमा झरेको छ । सूर्यज्योति लाइफको ९.१२ प्रतिशत, माईखोला हाइड्रोपावरको मेन्छियम हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ७.३३, खानीखोला हाइड्रोपावरको ७.३२ प्रतिशत, गोर्खाज फाइनान्सको ६.१०, मध्यभोटेकोशी हाइड्रोपावरको ५.७१ प्रतिशतले घटेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।