मकर जितुमाया सुरी हाइड्रोपावरको २६ लाख बढी कित्ता सेयरको लकइन अवधि आगामी जेठ १६ गतेदेखि सकिने भएको छ । डोल्मा इम्प्याक्ट फन्ड–आईका तर्फबाट कायम सञ्चालकले राजीनामा दिएको एक वर्ष पुरा हुने भएसँगै उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउने भएको हो ।
उक्त मितिदेखि डोल्मा इम्प्याक्ट फण्ड आईको स्वामित्वमा रहेको कम्पनीको प्रतिसेयर मूल्य १०० अंकित दरका २६ लाख ५ हजार ९ सय कित्ता सेयर खरिद बिक्री वा हस्तान्तरण वालेनदेन गर्न नसक्ने गरी एक वर्षका लागि रोक्का गरिएको थियो ।
कम्पनीका अनुसार डोल्मा इम्प्याक्ट फन्ड–आईका तर्फबाट कम्पनीको सञ्चालक समितिमा सदस्य रहेका प्रतिनिधिले गत वर्ष जेठ १९ गते राजीनामा दिएका थिए । त्यसपछि धितोपत्र दर्ता निष्कासन नियमावली, २०७३ बमोजिम कम्पनीमा रहेको उक्त सेयरको लकइन अवधि समाप्त हुने भएको हो ।
उक्त संस्थाको नाममा रहेको २६ लाख ५ हजार ९०० कित्ता सेयर १ वर्षका लागि लकइन गरिएको थियो। सोही सेयरको लकइन अवधि जेठ १६ गतेदेखि समाप्त हुने कम्पनीले जनाएको हो ।एक वर्ष लकइन अवधि समाप्त भए पनि आगामी जेठ १६ गतेपछि भने यी सेयर कारोबार योग्य हुनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
