गोर्खाज फाइनान्सको सञ्चालक समितिको अध्यक्षमा गौरव बुढाथोकी

0
Shares

गोर्खाज फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । बैशाख १५ गते शनिबार साँझ बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको अध्यक्ष पदमा बुढाथोकीलाई सर्वसम्मत चयन गरेको हो ।

बुढाथोकी सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिको अध्यक्ष बनेका हुन् । यसअघिका फाइनान्सको अध्यक्ष डेकिन्द्र कुमार राईले राजीनामा दिएका थिए । कम्पनीको अध्यक्ष रहेका डेकिन्द्र कुमार राईले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । उनले सञ्चालक सदस्य मात्र रहने गरी अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

सोही बैठकले राईको राजीनामा पनि स्वीकृत गर्दै बैशाख १६ गते आइतबारदेखि लागू हुनेगरी बैठकले निर्णय गरेको कम्पनी सचिव मुकुन्द श्रेष्ठले जानकारी दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।