एनएमबि लघुवित्तले सर्वसाधारण तर्फको सेयर स्वामित्व बढाउने

एनएमबि लघुवित्तले सर्वसाधारण तर्फको सेयर स्वामित्व बढाउने

एनएमबि लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण सेयरधनी तर्फको सेयर स्वामित्व बढाउने भएको छ । विद्यमान संस्थापक सेयर स्वामित्वबाट १० प्रतिशत हिस्सा घटाएर उक्त स्वामित्व सर्वसाधारणमा रुपान्तरण हुने भएको हो ।

सेयर स्वामित्व परिमार्जन गरेपछि संस्थामा संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत कायम हुनेछ । हालसम्म लघुवित्तमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत रहेको छ ।सेयर संरचना परिवर्तन भएपछि एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडमा रहेको ७० प्रतिशत घटेर ६० प्रतिशत र कायम भएको छ भने सर्वसाधारणतर्फको ३० प्रतिशत बढेर ४० प्रतिशत पुगेको हाे। 

संस्थाको सञ्चालक समितिको वैशाख १४ गते शुक्रबार बसेको बैठकले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्ने निर्णय गरेको कम्पनी सचिव सुर्य बहादुर थापाले जानकारी दिए । उनका अनुसार बैठकले सेयर रुपान्तरणका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पूर्वस्वीकृतिका लागि अनुरोध गर्ने निर्णय पनि संस्थाले गरेको छ ।

यसअघि संस्थापक तर्फ ५० लाख ५० हजार १४४ दशमलव ०४ कित्ता र सर्वसाधारणतर्फ २१ लाख ६४ हजार ३४७ दशमलव ४४ कित्ता सेयर कायम थियो । सेयर संरचनापछि संस्थापक तर्फ ४३ लाख २८ हजार ६९५ कित्ता र सर्वसाधारणतर्फ २८ लाख ८५ हजार ७९६ दशमलव ४४ कित्ता कायम भएको छ। लघुवित्तको चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार १४८ रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १६ बैशाख २०८१, आइतबार १७ : ०३ बजे