आइएमई लाइफको १०% बढ्याे खुद बीमाशुल्क संकलन, ३३ करोड धेरै नाफा आर्जन

0
Shares

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमाससम्ममा ३ अर्ब ११ करोड ५६ लाख ३८ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । 

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७.७९ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ८९ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

चैत मसान्तसम्मा आईएमई लाइफले ३३ करोड १५ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा ७५.७९ प्रतिशत धेरै हो । २०७९ चैतसम्म कम्पनीले १८ करोड ८६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको कुल बीमाशुल्क संकलन १०.२४ प्रतिशत बढेर ३ अर्ब २९ करोड १५ लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ अर्ब ९८ करोड ५८ लाख ५७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको कम्पनीले समीक्षा अवधिमा जीवन बीमा कोषको आकार २६.२० प्रतिशतले वृद्धि गर्दै ८ अर्ब ९० करोड ६७ लाख २८ हजार रुपैयाँ सञ्चित गरेको छ ।

यस्तै सेयर प्रिमियममा १ अर्ब ५२ करोड ५८ लाख ३६ हजार रुपैयाँ रहेको कम्पनीको यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १५ करोड ९१ लाख ७ हजार रुपैयाँ र रिटेर्न अर्निङ्ग (सञ्चित सेयरधनी कोष) मा ८५ करोड ९२ लाख ४६ हजार रुपैयाँ र अन्य इक्वीटीमा ५४ करोड ५९ लाख ७९ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको महाविपत्ति कोष २६.३२, रिटेर्न अर्निङ्ग ३९.२४ र अन्य इक्वीटी कोष ०.६१ प्रतिशतले बढेको छ भने सेयर प्रिमियम ०.६५ प्रतिशतले घटेको छ ।

नाफा बढेसँगै तेस्रो त्रैमाससम्म कम्पनीको वार्षिक प्रति सेयर आम्दानी बढेर ११ रुपैयाँ ५ पैसा पुगेको छ । यस्तै कम्पनीको प्रति सेयर नेटवर्थ १७७ रुपैयाँ २५ पैसा र मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४९.८० गुणा र सल्भेन्सी रेसियो २.८० छ ।

अभिकर्ता कसिशन वापत ३१ करोड १५ लाख ६० हजार खर्चेको यस कम्पनीले तेस्रो त्रैमाससम्म ४ लाख ७१ हजार ६३५ ओटा बीमालेख जारी गरेको छ । गत आवमा कम्पनीको कुल आम्दानी ३ अर्ब ५० करोड ८१ लाख रुपैयाँ रहेकोमा चालु आवमा १७.५२ प्रतिशतले बढेर ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट ९६ करोड १३ लाख ९० हजार रुपैयाँ कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ६७.६७ प्रतिशत धेरै हो ।

चैतसम्म कम्पनीको लगानी ४३.६१ प्रतिशतले बढेर १४ अर्ब ४१ करोड ८२ लाख २९ हजार रुपैयाँ पुगेको छ । यस्तै चालु आवको ९ महीना अवधिमा कम्पनीले खुद २ अर्ब ९३ करोड ६३ लाख ५४ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमतिलाई बीमालेखको प्रकृति र अवधि अनुसार प्रतिहजार न्यूनतम २२ देखि ८० रुपैयाँसम्मको बोनसदर दिँदै आएको छ। कम्पनले १३४२ ओटा दाबीको भुक्तानी गर्दा अब ३३ ओटा दाबी फस्र्योट गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।