नेपाल प्रहरीले चार जना सवारीधनीलाई हराएको तथा चोरी भएको सवारी साधन हस्तान्तरण गरेको छ ।
जिल्ला परिसर काठमाडौं तथा परिसर मातहतको कार्यालयहरुमा खोजतलासको लागि परेको उजुरी पश्चात प्रहरीले विभिन्न मिति तथा समयमा फेला पारेको स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो ।
ट्राफिक प्रहरीले सुक्ष्म रुपले अनुसन्धान गरी खोजतलास गर्ने क्रममा विभिन्न स्थानहरुबाट हराएको चार ओटा स्कुटर फेला पारेको थियो ।
जसअनुसार बा ९१ प १९८५ नम्बरको स्कृटर, बा ८४ प ९६५२ को निलो सेतो होन्डा डिओ स्कुटर, बा ७५ प ९८०७ को होन्डा एभिएटर स्कुटर र बा ६१ प ८१७१ को होन्डा डिओ स्कुटर सम्बन्धित सवारीधनीहरुलाई हस्तान्तरण गरिएको प्रहरी उपरिक्षक अवराज अधिकारीले जानकारी दिए ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
