सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा नेपाल एसबिआई बैंक सम्मानित

0
Shares

नेपाल एसबिआई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै रेमिट्यान्त्र भित्र्याउने बैंकको रुपमा सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहमा रेमिट्यान्सको आप्रवाह विधातर्फ उल्लेखनीय योगदान गरेकोमा बैंक सम्मानित भएको हो ।

बैशाख १४ गते आयोजना गरिएको नेपाल राष्ट्र बैंकको ६९ औं वार्षिक उत्सव समारोहमा नेपाल एसबिआई बैंकलाई प्रशंसापत्र प्रदान गरिएको छ । उक्त प्रशंसापत्र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देलाई प्रदान गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० भित्र बैंक तथा वित्तीय संस्थाहरुमध्ये बैंकले बढी विप्रेषण भित्र्याउने कार्यमा उल्लेखनीय योगदान गरेकोमा उक्त सम्मान प्रदान गरिएको हो । 

रेमिट्यान्स भित्र्याउने बैंकहरुमध्ये नेपाल एसबिआई बैंकले सबैभन्दा धेरै कुल रेमिट्यान्स आप्रवाह ९बैंकहरुको० को १९.१० प्रतिशत हिस्सा ओगटेको छ । दोस्रो धेरै रेमिट्यान्स भित्र्याएको हिमालयन बैंकको २०.६० प्रतिशत र ग्लोबल आईएमई बैंकको २१.१० प्रतिशत हिस्सा रहेको छ ।

रेमिट्यान्स आप्रवाहलाई व्यवस्थित र प्रणालीमा ल्याउन अन्य सेवा प्रदायकलाई पनि प्रोत्साहित गर्ने तथा विद्युतीय कारोबारलाई थप प्रभावकारी बनाउन सबै सेवाप्रदायकलाई प्रोत्साहित गर्ने उद्धेश्यका साथ विधागत आधारमा उल्लेखित संस्थाहरुलाई सम्मान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल एसबिआई बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, कर्पोरेट अफिसका साथै १२१ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।