प्रभु बैंकको सञ्चालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त

0
Shares

प्रभु बैंक लिमिटेडमा रिक्त रहेको सञ्चालक पदमा दुई जनाको नियुक्त गरिएको छ । बैंकको सञ्चालकमा किशोर जङ्ग कार्की र भावना बलायर नियुक्त भएका हुन् ।

बैंकको बैशाख १७ गते बसेको सञ्चालक समितिको ३३८ औं बैठकले संस्थापक सेयरधनी क्लाउड मण्डप प्रालिको तर्फबाट काठमाण्डौं महानगरपालिका वडा नम्बर ४ निवासी कार्की र सर्वसाधारण सेयरधनीको तर्फबाट ललितपुर महानगरपालिका १५ खुमलटार निवासी बलायरलाई नियुक्त गर्ने निर्णय भएको कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए ।

लिलाप्रकाश सिटौला अध्यक्ष रहेको बैंकमा अगिंरमान सिंह, तारा मानन्धर, अभिशेक बज्राचार्य र बिर्ख बहादुर बस्नेत सञ्चालक रहेका छन् ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।