मुक्तिनाथ कृषि र वेयर हाउजिङ्ग कम्पनीको सेयरको लकइन अवधि समाप्त हुँदै

0
Shares

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड र नेपाल वेयरहाउजिङ कम्पनीको सेयरको लकइन पिरियड आगामी एक महीनाभित्र समाप्त हुने भएको छ । दुबै कम्पनीले आईपीओ जारी गर्दा सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले हुन आउने सेयरको लकइन समाप्त हुन लागेको हो ।

नेप्सेलाई उपलब्ध गराएको जानकारी अनुसार मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता सेयरको. लक इन अवधि जेठ १८ गते र नेपाल वेयरहाउजिङ कम्पनीको ६८ हजार ७५० कित्ता सेयर लक इन अवधि आगामी जेठ १९ गते सकिने सम्बन्धित कम्पनीले जनाएका छन् ।

नेपाल धितोपत्र बोर्डले लकइनमा रहने सेयरको अवधि समाप्त हुनुभन्दा एक महीना अघि सार्वजनिक जानकारीमा ल्याउनुपर्ने व्यवस्था बमोजिम सार्वजनिक सूचना जारी गरेका हुन् ।

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ २०८० मंसिर १९ गते र नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ २०८० मंसिर २० गते बाँडफाँड गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।