गार्डियन माइक्रो लाइफद्धारा १ करोड ७८ लाख खुद बीमाशुल्क संकलन

0
Shares

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड ७८ लाख ६६ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । पछिल्लो तीन महीनामा मात्रै कम्पनीले १ करोड २५ लाख ४५ हजार रुपैयाँ संकलन गरेको छ ।

साउनदेखि चैत समान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । तेस्रो त्रैमासमा मात्रै यस कम्पनीको नाफा ३ लाख ९८ हजार रुपैयाँ छ ।

समीक्षा अवधिसम्म कम्पनीले ४५ करोड ५० लाख दीर्घकालीन लगानी गरेको छ भने ५ करोड ७७ लाख रुपैयाँ अल्पकालीन लगानी गरेको छ । यस्तै चैतसम्म कम्पनीले ४ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । तेस्रो त्रैमासमा मात्रै कम्पनीले २३ हजार २०० रुपैयाँ दाबी भुक्तानी गरेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ७५ लाख ५८ हजार सिंगल प्रिमियम सहित कुल २ करोड ४ लाख ८१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा २ लाख ६२ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा २२ लाख ७ हजार रुपैयाँ सञ्चित छ । गत असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा १ लाख ९२ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा १५ लाख ८३ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको वार्षिक प्रति सेयर आम्दानी १८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।