सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०—८१ को तेस्रो त्रैमाससम्ममा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा १०९.६५ प्रतिशतले वृद्धि भएको छ । मर्जरको सिनर्जीका कारण कम्पनीको व्यवसाय र नाफामा उत्साहजनक वृद्धि देखिएको हो ।
कम्पनीले साउनदेखि चैत मसान्तसम्ममा ५९ करोड ७१ लाख ३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २८ करोड ४८ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीको व्यापारमा उछाल छाएसँगै कम्पनीको नाफा दोब्बर भन्दा बढी पुगेको हो ।
यसैगरी कम्पनीको खुद बीमाशुल्क संकलन पनि १३८.५६ प्रतिशतले बढेर १ अर्ब ३२ करोड ८६ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षमा कम्पनीले ५५ करोड ६९ लाख ५८ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँ रहेको कम्पनीको प्रिमियममा ४ लाख ७५ हजार रुपैयाँ सञ्चित छ । यस्तै विशेष जगेडा कोषमा २ अर्ब ५० करोड, रिटेन्ड अर्निङमा ७१ करोड ३ लाख र अन्य इक्वीटीमा ९६ करोड ४ लाख रुपैयाँ सञ्चित छ । यस इन्स्योरेन्सको महाविपत्ती कोषमा १६ करोड ७४ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वार्षिक प्रति सेयर आम्दानी २८ रुपैयाँ ३७ पैसा कायम गरेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ६९ पैसा बढेको हो । इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ २५४ रुपैयाँ ५९ पैसा र मूल्य आम्दानी अनुपात २६.४४ गुणा छ ।
चैत्र मसान्तसम्म कम्पनीले २ अर्ब ६० करोड ५८ लाख ७६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ५२ करोड ५ लाख ५९ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ७१.३८ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधिसम्म कम्पनीको कुल आम्दानी १०२.२३ प्रतिशत बढेर २ अर्ब १५ करोड ६१ लाख ९७ हजार रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ९३.०९ प्रतिशत बढेर ६६ करोड ३५ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, खुद दाबी भुक्तानी समीक्षा अवधिमा ९६.२९ प्रतिशत बढेर १ अर्ब ३० करोड ३१ लाख ९२ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म पुनर्बीमा कमिसन अन्तर्गत २ करोड ३८ लाख ८६ हजार खर्चिएको छ। जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ११.५९ प्रतिशत धेरै हो । तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ३३ करोड रुपैयाँ दीर्घकालीन र ६ अर्ब २३ करोड रुपैयाँ अल्पकालीन लगानी गरेको छ ।
चैत मसान्तसम्ममा कम्पनीले २ लाख ३२ हजार ५७६ ओटा बीमालेख जारी गरेको छ भने ५९ हजार ८५८ ओटा बीमालेख नवीकरण भएका छन् । चैतसम्म ९ हजार ८७४ ओ दाबी फस्र्योट गरेको कम्पनीमा अझै १३ हजार २८० ओटा दाबीको भुक्तानी हुन बाँकी छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
