सिंगटी हाइड्रोको नोक्सानी ३ करोड २१ लाख, सेयर लिलामीबाट २५ करोड प्रिमियम प्रिमियम संकलन

0
Shares

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा ३ करोड २१ लाख ८ हजार रुपैयाँ नोक्सनीमा रहेको छ। गत आवको यसै अवधिमा ९ करोड ३२ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा रहेकोमा समीक्षा अविधिमा नोक्सानीमा सुधार भएको हो ।

तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत उत्पादनबाट ५३ करोड ७२ लाख ७९ हजार रुपैयाँ खूद आम्दानी गरेको छ । अघिल्लो आवको यहि अवधिमा ५१ करोड ९९ लाख ९१ हजार थियो ।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद लिलामीबाट २५ करोड ११ लाख १८ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । जसका कारण गत आवको यसै अवधिमा ९०.५८ रुपैयाँ रहेको कम्पनीको नेटवर्थ बढेर १०० रुपैयाँ ७१ पैसा पुगेको छ ।

हाइड्रोकोसञ्चित जगेडा कोषको खुद घाटा ६६.६३ प्रतिशतले बढेर २३ करोड ३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको घाटा १३ करोड ८२ लाख रुपैयाँ रहेको थियो ।

हाइड्रोले प्रशासनिक खर्चमा ५ करोड ४९ लाख, ह्रासकट्टीमा १३ करोड ४४ लाख र वित्तीय खर्च ३६ करोड ८६ लाख रुपैयाँ भुक्तान गरेको छ ।

चुक्ता पुँजी २ अर्ब ९० करोड पुगेको कम्पनीको वार्षक प्रति सेयर आम्दानी १ रुपैयाँ ११ पैसा ऋणत्मक रहँदा मूल्य आम्दानी अनुपात १५७.८९ गुणा ऋणात्मक छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।