बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले चुक्ता पुँजीको १५०% हकप्रद सेयर निष्काशनको पूर्व स्वीकृतिका लागि अनुमति मागेको छ ।
कम्पनीले २०८० पुस २० गते बसेको कम्पनीको १५ औं वाार्षिक साधारण सभाको निर्णयानुसार १ बराबर १.५ कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि आवश्यक कागजात नियामक विद्युत नियमन आयोग समक्ष पेश गरेको हो ।
कम्पनी सचिव शुक्रराज डंगोलका अनुसार हकप्रद सेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका २०७८ को परच्छेद २ अनुसार मिति २०८१ बैशाख २० गते कंपनीले विद्युत नियम आयोग समक्ष हकप्रद सेयरको सार्वजनिक निष्कासनको पूर्व स्वीकृतिका लागि आवश्यक कागजात पेश गरेको हो ।
अब हकप्रद सेयर निष्काशनका लागी विद्युत नियमन आयोबाट स्वीकृति पाएपछि कम्पनीले पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डमा १५०% हकप्रद जारी गर्न आवश्यक कागजात पेश गर्नेछ ।
धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनको हकप्रद सार्वजनिक निष्कासनमा आउनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । प्रस्तावित १५०% प्रतिशतले हुन आउने ६० करोड बराबरको हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब कायम हुनेछ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
