खुद ब्याज आम्दानी घट्दा पनि जाल्पा सामुदायिक लघुवित्तको बढ्यो नाफा

खुद ब्याज आम्दानी घट्दा पनि जाल्पा सामुदायिक लघुवित्तको बढ्यो नाफा

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद ब्याज आम्दानी लगायतका आम्दानीका शीर्षक घटेपनि खुद नाफा भने बढेको छ । अघिल्लो आवको तुलनामा खराब कर्जा नोक्सनी व्यवस्थाको रकम घटेसँगै खुद बयाज आम्दानीमा आएको गिरावटका बाबजुत नाफा बढेको हो ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले ६२ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको तेस्रो त्रैमासमा ३ करोड ९२ लाख ३४ हजार रुपैयाँ ऋणात्मक रहेको थियो । चैतसम्म लघुवित्त कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ११ लाख ७६ हजार रुपैयाँ छ ।
सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीको खराब कर्जा वापतको नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) समीक्षा अवधिमा १० करोड १५ लाख रुपैयाँबाट घटेर ५ करोड १७ लाख रुपैयाँमा झरेको छ । यसले खुद नाफा धनात्मक भएको हो ।

चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको कम्पनीको रिर्टेन्ड अर्निङमा ६ करोड ११ लाख ७६ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा जगेडा कोषको आकार १७ करोड ६५ लाख रुपैयाँबाट बढेर २६ करोड ८३ लाख ५ हजार रुपैयाँ पुगेको छ ।

चालु आवको तेस्रो त्रैमासम्म लघुवित्तले २ अर्ब ६९ करोड १५ लाख रुपैयाँ निक्षेप संकलन गरेर ४ अर्ब ८२ करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरको छ । चैतसम्म कम्पनीको खुद ब्याज आम्दानी १२.७१ प्रतिशत घटेर २० करोड ८२ लाख ६९ हजार रुपैयाँमा सीमित बनेको छ भने सञ्चालन नाफा ८९ लाख ७३ हजार रुपैयाँ कायम भएको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको सञ्चलन नाफा ३ करोड ९२ लाख रुपैयाँ ऋणात्मक थियो ।

चालु आवको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको कुल सञ्चालन आम्दानी २७ करोड ८४ लाख रुपैयाँबाट घटेर ३० करोड ५३ लाख रुपैयाँ झरेको छ । कर्मचारीहरू खर्च १०.९८ प्रतिशतले घटाएर १६ करोड ३७ लाख ६४ हजार खर्चिएको छ । त्यस्तै, कम्पनीको सञ्चालन खर्च पनि समीक्षा अवधिमा १०.४० प्रतिशतले घटेको छ । चालु आवमा २१ करोड ७७ लाख रुपैयाँ सञ्चालन खर्च छ ।

कम्पनीको प्रति सेयर आम्दानी गत आवमा ३२.७० रुपैयाँ ऋणात्मक रहेकोमा ४.५८ रुपैयाँ धनात्मक भएको छ । यस्तै प्रति सेयर नेटवर्थ २८०.२४ रुपैयाँ, प्रति सेयर कुल सम्पत्तिको मूल्य २९६१.८८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २६८.७७ गुणा छ । लघुवित्तको खराब कर्जा अनुपात ७.४२ बाट केही घटेर ७.३९ प्रतिशत छ ।

लघुवित्तको कस्ट अफ फन्ड ९.४२ प्रतिशत, आधारदर १५.८५ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०८१, आइतबार १४ : ५२ बजे