आशा लघुवित्तको नाफा पौने ४ करोड, यस्तो छ वित्तीय अवस्था

0
Shares

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ८८ लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको यसै अवधिमा ३ करोड ३० लाख रुपैयाँ नाफा कमाएकोमा १७.४८ प्रतिशतले नाफा बढेको हो ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको चैत मसान्तसम्ममा वितरणयोग्य मुनाफा १२ करोड ३३ लाख रुपैयाँ र वितरणयोग्य प्रति सेयर आम्दानी २५ रुपैयाँ ६२ रुपैयाँ छ ।

चैत मसान्तसम्ममा लघुवित्तले ८ अर्ब ८९ करोड १६ लाख रुपैयाँ निक्षेप संकलन तथा सापटीबाट ९ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। निक्षेप तथा सपाटी ७ र कर्जा ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले ३१ करोड ६२ लाख ३३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको जुन गत आवको यसै अवधिको तुलनामा ७१.५७ प्रतिशत धेरै हो । समीक्षा अवधिमा लघुवित्तको खुद फि तथा कमिशन आम्दानी २ हजार ८८८.७० प्रतिशत बढेर ८ करोड ७० लाख र सञ्चालन मुनाफा १६.६७ प्रतिशत बढेर ५ करोड ४९ लाख १९ हजार रुपैयाँ पुगेको छ ।

राष्ट्र उत्थान लघुवित्तलाई २०८० असार ३१ गतेदेखि एक्वायर गरी एकीकृत कारोबारपछि चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँ पुगेको लघुवित्तको पुँजी वृद्धिको अनुपातमा नाफा बढ्न नसक्दा प्रति सेयर आम्दानी घटेको छ । लघुवित्तको इपीएस ३ रुपैयाँ ४८ पैसा घटेर ८ रुपैयाँ ७ पैसा कायम भएको छ । चैतसम्म जगेडा कोषमा ३७ करोड ८४ लाख रुपैयाँ सञ्चित छ। यस्तै लघुवित्तको प्रति सेयर नेटवर्थ १५८ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात ९१.११ गुणा छ ।

चालु आवको तेस्रो त्रैमाससम्म लघुवित्तको खराब कर्जा अनुपात ४.९५ प्रतिशत, कस्ट अफ फन्ड १०.२६ प्रतिशत, आधारदर १८.८९ प्रतिशत र स्प्रेडदर ४.७१ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।