नेप्सेमा दोहोरो अंकको गिरावट, १९५८ अंकमा झर्यो सूचक

0
Shares

सेयर बजारको गिरावटले सोमबार पनि निरन्तरता पाएको छ । आइतबारपछि सोमबार पनि बजार सूचक दोहोरो अंकले घटेको हो । यससँगै सूचक १९५८.७५ बिन्दुमा झरेको छ । पछिल्ला तीन दिनमा मात्रै नेप्से ४७.५१ अंकले घटेको हो ।

सोमबार नेप्से ०. ७९% ले घटेर १५.६२ अंकले घटेको बजारमा ठूला कम्पनीको कारोबार मापक सूचक ०.९६ प्रतिशतले घटेको छ । यस्तै फ्लोट इन्डेक्स ०.८० र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.८८ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएको १३ उपसमुहगत सूचकमध्ये विकास बैंक झिनो ०.२३प्रतिशतले बढ्दा बाँकी १२ ओटै राताम्मे बनेका छन् । फाइनान्स सर्वाधिक १.९६ प्रतिशतले घटेको बजारमा लघुवित्त १.८१ प्रतिशत, अन्य १.६८ र निर्जीवन बीम १.०८ प्रतिशतले घटेको छ ।

आज ३१० कम्पनीका ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर ४८ हजार ७०९ पटक खरिद बिक्री भएका छन् । आज दिनभरमा २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९८० रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा सिटिजन इन्स्योरन्सको सर्वाधिक ३१ करोड ९८ लाख ३० हजार रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै नेपााल फाइनान्सको १० करोड ८१ लाख, पोखरा फाइनान्सको ९ करोड ८० लाख, हिमालयन रि इन्स्योरेन्सको ६ करोड ६५ लाख र गोर्खाज फाइनान्सको ६ करोड ३६ लाख रुपैयााको धितोपत्र कारोबार भएको छ। कारोबार संख्या र कित्ता दुबैमा सिटिजन लाइफ इन्स्योरेन्स अग्र स्थानमा छ । कम्पनीको ६ लाख ६६ जार ४८१ कित्ता सेयर ४ हजार ७५३ पटक किनबेच भएको हो ।

आज बोटलर्स नेपाल तराइको सेयर मूल्य सर्वाधिक ९.०३ प्रतिशतले बढेर १४ हजार ६९ रुपैयाँ पुगेको छ । यस्तै माउन्टेन हाइड्रो नेपाल लिमिटेडको ८.५२ प्रतिशत, सिवाईसी नेपाल लघुवित्तको ५.१३, दिब्यश्वरी हाइड्रोपावरको ४.९२ र बाराही हाइड्रोपावरको ४.०५ प्रतिशतले बढेको छ। उता सोमबारको बजारबाट पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले गुमाएका छन् । यससँगै पोखरा फाइनान्सको सेयर प्रतिकित्ता ६६२.४० रुपैयाँ र दोल्ती पावर कम्पनीको ४४३.७० रुपैयाँमा झरेको छ । यस्तै पिपुल्स पावरको ७.९४ प्रतिशत, समता घरेलु लघुवित्तको ६.३० र नाडेप लघुवित्तको सेयर मूल्य ५.८७ प्रतिशतका दरले घटेको छ ।

सोमबारको कारोबारसँगै आज कुल बजार पुँजीकरण ३१ खर्ब ५ अर्ब ८३ करोड ९२ लाख रुपैयाँमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।