पिपुल्स पावर लिमिटेडको ५०% हकप्रदलाई पूर्वस्वीकृति

0
Shares

पिपुल्स पावर लिमिटेडको चुक्ता पुँजीको ५० प्रतिशत हकप्रदलाई विद्युत नियमन आयोगले पूर्वस्वीकृति दिएको छ ।

कम्पनीले बैशाख १८ गते चुक्ता पूँजीको आधारमा १ः०.५ अनुपातमा (६३ लाख २६ हजार कित्ता सेयरको ५० प्रतिशतले हुने ३१ लाख ६३ हजार कित्ता बराबर) हकप्रद सेयरको सार्वजनिक निष्कासन गर्न आयोगसँग अनुमति मागेकोमा बैशाख २३ गते पूर्व स्वीकृति दिएको हो ।

पिपुल्स पावर लिमिटेडले बैशाख १८ मा पेश गरेको निवेदन तथा कागजात उपर जाँचबुझ गरी हकप्रद सेयरको सार्वजनिक निष्कासनको स्वीकृतिका लागि शर्त सहित बैशाख २३ गते आइतबार स्वीकृति दिएको आयोगका लेखा अधिकृत श्यामरि विजुक्षेले जानकारी दिए ।

यससँगै अब कम्पनीले साधारण सभाबाट पारित गरी पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्डबाट हकप्रद जारी गर्न अनुमति लिनु पर्नेहुन्छ । धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि मात्रै कम्पनीको हकप्रद बिक्रीमा आउनेछ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।