गणपति लघुवित्तको सेयर रजिष्ट्रार चयन

0
Shares

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रार चयन गरेको छ । कम्पनी सञ्चालक समितिको निर्णय अनुसार एनआईएबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाटलाई सेयर रजिष्ट्रार निुक्त गरिएको हो ।

सेयर रजिष्ट्रार कार्य गर्ने सम्बन्धी सम्झौतामा गणपति लघुवित्त र क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ ।

लघुवित्तका नायव प्रमुख कार्यकारी अधिकृत राम प्रसाद सापकोटाका अनुसार गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि २०८० बैशाख २५ देखि लागू हुने गरि एनआईएबिएल एस क्यापिटल लिमिटेडलाई पुनः १ वर्षको लागि सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको रजिस्टर्ड कार्यालय तनहुँ जिल्ला स्थित शुक्लागण्डकी नगरपालिका वडा नम्बर ४ दुलेगँैंडामा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।