सन नेपाल लाइफको जेठ ९ गते साधारण सभा आह्वान, लाभांश र हकप्रद प्रस्ताव पारित गर्दै

0
Shares

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी जेठ ९ गते सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको बैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले सभा डाकेको हो । अमृतभोग केटरर्स प्रालि कालिकास्थानमा बिहानको १० बजेदेखि सभा सुरु हुनेछ ।

सभाले कम्पनीको सञ्चाल समितिले प्रस्ताव गरेकाे गत आवको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशत बोनस सेयर र बोनसको कर प्रयोजनार्थ १.२५२६ प्रतिशत नगद गरी कुल २५.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै बोनसपछि चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कामय हुने र बीम प्राधिकरणले तोकेको न्यूनतम पुँजी ५ अर्ब कायम गर्न नपुग रकमका लागि चुक्ता पुँजीको २७ प्रतिशत (१ः०.२७) को अनुपातमा हकप्रद जारी गर्ने र तत् पश्चात् अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने एजेन्डा रहेका छन् ।

यस्तै सभामा कम्पनीको सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को वासलात ,नाफा नोक्सान हिसाब, तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै सभाले सहायक कम्पनी सनलाइफ क्यापिटल लिमिटेडको पनि गत आवको वित्तीय विवरणहरू पारित गरिनुका सुाथै सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख २७ गते बिहीबार सेयर दाखिल खारेजी (बुकक्लोज) गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार बैशाख २६ गते बुधबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।