आरम्भ चौतारी लघुवित्तको इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि नाफा पौन २ करोड

0
Shares

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ करोड ७७ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

अघिल्लो आवको सोही अवधिसम्म ५६ लाख ९१ हजार रुपैयाँ घाटामा रहेको कम्पनीको इम्पेरमेन्ट चार्ज रिभर्स भएपछि नाफा बढेको हो । गत आवमा २ करोड ५९ लाख नोक्सनी व्यवस्था गरेको लघुवित्तले चैत मसान्तसम्ममा कम्पनीले ९५ लाख बढी खराब कर्जा असुली गरेको छ । संस्थाको वितरणयोग्य मुनाफा १ करोड ९९ लाख रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमाससम्म कम्पनीले १ अर्ब ४७ करोड ६१ लाख रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ४ अर्ब ४२ करोड २७ लाख रुपैयाँबराबरको कर्जा लगानी गरेको छ । लघुवित्तको खुद ब्याज आम्दानी भने १.६९ प्रतिशतले घटेर १९ करोड ४ लाख६९ हजार रुपैयाँ कायम भएको छ । संस्थाको कुल सञ्चालन आम्दानी २४ करोड १८ लाख र सञ्चालन मुनाफा २ करोड ५३ लाख ३४ हजार रुपैयाँ रहेको छ ।

यस्तै चुक्ता पुँजी ३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ऋणत्मक छ भने जगेडा कोष बढेको छ ।

लघुवित्त संस्थाका जगेडा कोषको आकार १७ करोड ३८ लाखबाट बढेर १७ करोड ७३ लाख २४ हजार रुपैयाँ पुगेको छ । संस्थाको रिटेन्ड अर्निङको आकार भने ७ करोड २१ लाख २९ हजार रुपैयाँले ऋणात्मक छ । अन्य इन्वीकटी २ करोड ३३ लाख छ ।

तेस्रो त्रैमाससम्ममा लघुवित्तको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १०.५८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.४४ प्रतिशतमा झरेको छ ।

चैत मसान्तसम्म संस्थाको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ४४ पैसा, प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३४५ रुपैयाँ ८० पैसा, कस्ट अफ फन्ड ९.३७ प्रतिशत र मूल्य आम्दानी अनुपात ११८.४७ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।