निर्धन उत्थानको सुधारात्मक प्रगति, खराब कर्जा उच्च रहँदा वितरणयोग्य नाफा २२ करोड ऋणात्मक

0
Shares

निर्धन उत्थान लघुवित्तले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्म वित्तीय अवस्थामा सुधारको प्रयास गरेपनि लघुवित्तको खराब कर्जा अनुपात अझै उच्च रहँदा वितरणयोग्य मुनाफा भने २२ करोड ३ लाख ऋणात्मक रहेको छ ।

लघुवित्तको तेस्रो त्रैमासम्ममा खराब कर्जा १२.०९ प्रतिशतबाट घटेर १०.७७ प्रतिशतमा झरेको छ । यद्यपी राष्ट्र बैंकले तोकेको ५ प्रतिशतभन्दा दोब्बर रहेकाले कम्पनीले सम्भावित कर्जा नोक्सानी वापत उल्लेख्य रकम व्यवस्थापन गर्नुपरेको छ । चैत मसान्तसम्ममा कम्पनीले ५० करोड ८२ लाख २७ हजार रुपैयाँ छुट्टाएको छ । गत आवको यसै अवधिमा ८६ करोड २० लाख रुपैयाँ नोक्सानी वापत व्यवस्था गरेको थियो ।

गत आर्थिक वर्षको यसैअवधिको तुलनामा तेस्रो त्रैमाससम्म कम्पनीको खुद नाफामा उल्लेख्य सुधार भएको छ। कम्पनीको खुद नाफा २९९.४६ प्रतिशतले बढेर १७ करोड ५८ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तेस्रो त्रैमाससम्म यस संस्थाले ४ करोड ४० लाख २४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी २ अर्ब ६१ करोड २० लाख ७९ हजार रुपैयाँ रहेको लघुवित्तको नाफा बढेसँगै वार्षिक प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ७३ पैसाले बढेर ८ रुपैयाँ ९८ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८६ रुपैयाँ १० पैसा, कस्ट अफ फन्ट ८.२४ प्रतिशत छ । लघुवित्तको जगेडा कोषमा २ अर्ब ४३ करोड १ लाख र सेयर प्रिमियमममा ५ लाख १० हजार रुपैयाँ सञ्चित छ ।

चैत मसान्तसम्ममा लघुवित्तले १९ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ निक्षेप संकलन तथा बैंक तथा वित्तीय संस्थाबाट ३ अर्ब ८९ करोड १७ लाख रुपैयाँ सापटी गरेर २४ अर्ब ३५ करोड २६ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ।

कर्जा लगानी सामान्य बढेपनि लघुवित्तको खुद ब्याज आम्दानी भने ३.२६ प्रतिशतले घटेर १ अर्ब ३६ करोड ३७ लाख ४० हजार रुपैयाँम झरेको छ । यस्तै अन्य सञ्चालन आयमा भएको ४९ प्रतिशतको वृद्धि र इम्पेरिमेन्ट चार्ज कम व्यवस्था गरेपछि सञ्चालन नाफा ५६९.३७ प्रतिशतले बढेर ४३ करोड २० लाख रुपैयाँ २ हजार पुगेको छ। कम्पनीले गत आवको तेस्रो त्रैमासमा वर्ष ६ करोड ४५ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।