एनआरएन इन्फ्रास्ट्रक्चरको नाफा साढे पाँच करोड धेरै

0
Shares

एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ करोड ५८ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिमा ६७ हजार रुपैयाँ घाटामा रहेको थियो । वित्तीय सम्पतिको फेयर भ्याल्यू बढेकाले खुद नाफा बढेको हो । यस अवधिसम्म आइपुग्दा कम्पनीको वित्तीय सम्पतिको फेयर भ्याल्यू ५ करोड ७१ लाख पुगेको छ । गत वर्ष ३ करोड २७ लाख रुपैयाँ ऋणात्मक थियो ।

कम्पनीको लगानी ३४ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ । साथै वित्तीय आम्दानी २ करोड ९५ लाख ४४ हजार रुपैयाँबाट घटेर १ करोड ८५ लाख ६४ हजार कायम भएको छ । यस्तै कुल आम्दानी ३६ प्रतिशत घटेर २ करोड ३४ लाख ५६ हजार कायम हुँदा कुल खर्च २९.७५ प्रतिशतले बढेर ७८ लाख १६ हजार पुगेको छ ।

चुक्ता पुँजी १ अर्ब २२ करोड ३२ लाख १२ हजार रुपैयाँ रहेको एनआरएनको रिटेन्ड अर्निङमा १० करोड ४१ लाख ८२ हजार रुपैयाँ र जगेडा कोषमा ४७ करोड ८४ लाख रुपैयाँ सञ्चित छ ।

चैतसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८ पैसा, प्रति सेयर नेटवर्थ १४७ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात ८४.८९ गुणा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।