एनएमबि लघुवित्त साढे ७ करोड नोक्सानीमा

0
Shares

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड चैत मसान्तसम्ममा साढे ७ करोड नोक्सानीमा पुगेको छ । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घटेकोले कम्पनीले खुद नोक्सान व्यहोर्न परेको हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म लघुवित्तले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएकोमा ब्याज आम्दानी घटेपछि ७ करोड ४९ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा पुगेको हो । प्रकाशित विवरण अनुसार चैत मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ७ करोड २७ लाख रुपैयाँ ऋणात्मक रहँदा वितरणयोग्य प्रति सेयर आम्दानी १३ रुपैयाँ ४५ पैसा ऋणात्मक बनेको छ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तले ४ अर्ब ३१ करोड ८२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ५ अर्ब ९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी ३२.४५ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २२.४४ प्रतिशत घटेको छ । चैत मसान्तसम्म १७ करोड ५३ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ३ करोड ९ लाख ५९ हजार खुद फि तथा कमिशन आम्दानी गरेको छ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ७ करोड ५० लाख रुपैयाँ ऋणात्मक छ । गत आवको सोही अवधिमा १ करोड ६१ लाख रुपैयाँ नाफामा थियो ।

तेस्रो त्रैमाससम्म चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा कुल १८ करोड ९० लाख १० हजार रुपैयाँ सञ्चित छ । लघुवित्तको वार्षिक प्रति सेयर आम्दानी १३ रुपैयाँ ८५ पैसा ऋणात्मक बनेको छ। प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २० पैसा, कस्ट अफ फन्ड ९.७५ प्रतिशत, खराब कर्जा ८.२९ प्रतिशत, आधारदर१८.८१ प्रतिशत रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।