डिप्रोक्स लघुवित्तको खस्कियो नाफा, यस्तो छ ९ महीनाको कमाई

0
Shares

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा ८.८६ प्रतिशतको गिरावट आएको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीले २५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले २७ करोड ७५ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी बढेको भएपनि इम्पेयरिमेन्ट चार्ज बढ्दा नाफामा असर परेको हो । गत आवको यसै अवधिमा ९ करोड ४९ लाख रुपैयाँ रहेको उक्त चार्ज चालु आवको चैतसम्ममा बढेर १६ करोड ४० लाख पुगेको हो । संस्थाको वितरणयोग्य मुनाफा १४ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

तेस्रो त्रैमाससम्म संस्थाको निक्षेप संकलन ९ अर्ब ४ करोड रुपैयाँबाट बढेर ९ अर्ब ३५ करोड १४ लाख रुपैयाँ र कर्जा प्रवाह १९ अर्ब ९४ करोड रुपैयाँबाट बढेर २२ अर्ब ९० करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४.०५ प्रतिशतले बढेर ९७ करोड ९० लाख ८५ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा २ करोड २४ लाखले घटेर ३७ करोड ४१ लाख ३१ हजारमा संकुचित बनेको छ । संस्थाको कर्मचारी खर्च ४६ करोड ९२ लाख र अन्य सञ्चालन खर्च १४ करोड २३ लाख रुपैयाँ छ ।

गत आवमा ९ करोड ५० लाख रुपैयाँ जोखिम व्यवस्थापन गरेको लघुवित्त संस्थाको इम्पेयरमेन्ट चार्ज चालु आवको तेस्रो त्रैमासम्ममा १६ करोड ४० लाख रुपैयाँ फिर्ता भएको छ ।

चुक्ता पुँजी १ अर्ब ७० करोड ६१ लाख ९६ हजार रुपैयाँ रहेको डिप्रोक्स लघुवित्तको चालु आवको तेस्रो त्रैमाससम्ममा संस्थाको रिटेन्ड अर्निङ ३७ करोड ९६ लाख ६९ हजार सञ्चित हुँदा जगेडा कोषमा १ अर्ब २६ करोड ६९ लाख रुपैयाँ सञ्चित रहेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म लघुवित्तको रटेन्ड अर्निङ ३९ करोड ३१ लाख ८५ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब १८ करोड ७ लाख रुपैयाँ थियो ।

कम्पनीको खराब कर्जा अनुपात यस अवधिमा ह्वात्तै बढेको छ । गत चैतमा ४.४९ प्रतिशत रहेकोमा बढेर ८.२५ प्रतिशत पुगेको छ ।

तेस्रो त्रैमाससम्म वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ४८ पैसाले घटेर १९ रुपैयाँ ७७ पैसामा झरेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १९६ रुपैयाँ ५१ पैसा, कस्ट अफ फन्ड ९.५४ प्रतिशत, आधारदर १३.८८ प्रतिशत र स्प्रेडदर ५.३८ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।