अरूण भ्याली हाइड्रोको लिलामी सेयरको बोलपत्र खोलियो, कटअफ कति ?

0
Shares

अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लिलामी बिक्रीमा ल्याएको १९ लाख ९२ हजार १३४ कित्ता साधारण सेयरको शिलबन्दी बोलपत्र खुला गरिएको छ ।

बिहीबार बिहान ८ बजेदेखि बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलमा लिलामी सेयर खरिदका लागि परेको शिलबन्दी बोलपत्र खुला गरिएको हालसम्म सबै शिलबन्दी बोलपत्र खुला गरिएको छ। बिक्री प्रबन्धकका अनुसार लिलामी सेयरमा कुल १ हजार ८९८ ओटा बोलपत्र परेको थियो ।

प्रारम्भिक नतिजा अनुसार कम्पनीको साधारण सेयरको कटअफ मूल्य १४४ रुपैयाँ कायम हुन आएको छ । यद्यपी सबै आवेदनको चेक रुजु र क्लियरिङ्ग हुन बाँकी नै रहेकाले अन्तिम मूल्य आउँदा उल्लेखित मूल्यभन्दा केही फरक पर्न सक्नेछ ।

अरुण काबेली पावरको सेयर बिहीबार समाचार तयार पार्दा प्रतिकित्ता १५६ रुपैयाँ ८० पैसामा खरिद बिक्री भएको छ । यस आधारमा कायम कटअफ मूल्य दोस्रो बजार भाउभन्दा ८ं१६ प्रतिशततल मात्र कायम हुन आएको छ ।

अरूण काबेली पावर कम्पनी लिमिटेडले बैशाख १० देखि २४ गतेसम्म हकप्रदमा अवितरित भएको १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलाम बढाबढमा बिक्री खुला गरेको थियो । लिलामीमा न्यूनतम १०० कित्तादेखि दशमलवमा आवेदन नगरी लिलामी खुला गरिएको अधिकतम सबै कित्ताका लागि आवेदन दिन पाउने व्यवस्था थियो । यद्यपी नियामकले तोकेको एउटा व्यक्ति वा संस्थाले खरिद गर्न पाउने हदभन्दा बढी नहुने उल्लेख थियो । लिलामीको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको थियो ।

कम्पनीले यसअघि २०८० फागुन १७ देखि चैत ७ गतेसम्म चुक्ता पुँजीको १ बराबर १ अनुपातमा कुल १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद बिक्री गरेको थियो । सो बखत १ करोड ६६ लाख ८७ हजार ४९२ कित्ता सेयर खरिदका लागि ३३ हजार ७१४ जनाबाट मात्र आवेदन परेपछि बाँकी अवितरित सेयर लिलामीमा ल्याइएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।