जेठ १ देखि लागू हुनेगरी ब्रोकर कमिसन शुल्कमा भयो व्यापक हेरफेर

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी ) नियमावली, २०६४ को अनुसूचीमा हेरफेर गर्दै ब्रोकर कमिसन घटाएको छ ।

नेपाल सरकार, अर्थ मन्त्रालयबाट धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची– १४ मा रहेको धितोपत्र दलाली वापत लिन सक्ने सेवा शुल्क हेरफेर गरिएको बोर्डले जनाएको छ । सेयर किनबेच गर्दा लगानीकर्ताले ब्रोकरलाई तिर्नुपर्ने शुल्क (कमिसन २०८१ जेठ १ गतेदेखि लागू गर्ने निर्णय भएको बोर्डले जनाएको छ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि सेवा शुल्क हालको भन्दा १० प्रतिशत कम हुनेछ । हाल ५० हजारसम्मको कारोबारमा ०.४०, ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३७, पाँच लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३४, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.३० र एक करोडभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन छ ।

नयाँ व्यवस्थाअनुसार ५० हजारसम्मको कारोबारमा ०.३६ प्रतिशत ५० हजारदेखि पाँच लाखसम्मको कारोबारमा ०.३३, पाँच लाखभन्दा माथि २० लाखसम्मको कारोबारमा ०.३१, २० लाखभन्दा माथि एक करोडसम्मको कारोबारमा ०.२७ र १ करोडभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशत कायम हुनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।