स्वरोजगार लघुवित्तको नाफा ४०% बढ्यो

0
Shares

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ करोड ३१ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड २१ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४०.३० प्रतिशतले बढेको हो ।

नाफा बढेसँगै लघुवित्तको प्रति सेयर आम्दानी ३ रुपैयाँ ४५ पैसा बढेर १४ रुपैयाँ ५४ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रति सेयर नेटवर्थ १४० रुपैयाँ ७९ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२९२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४५.३२ गुणा रहेको छ । चैतसम्म लघुवित्रको वितरणयोग्य मुनाफा ५ करोड ७० लाख ८४ हजार रहेको छ ।

चुक्ता पुँजी ६७ करोड ११ लाख ५ हजार रुपैयाँ रहेको लघुवित्तको रिटेर्न अर्निङ्गमा ५ करोड ७४ लाख ५४ हजार र जगेडा कोषमा २१ करोड ६२ लाख ६८ हजार रुपैयाँ सञ्चित छ । तेस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले ३ अर्ब ६० करोड ६१ लाख निक्षेप तथा ३ अर्ब ८३ करोड ७१ लाख सापटी गरी कुल ७ अर्ब ४४ करोड ३२ लाख रुपैयाँबाट ७ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २६ करोड ३१ लाख ५१ हजार रुपैयाँ खुद ब्याज आम्दानी र ७ करोड २ लाख ८५ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ०.४५ प्रतिशत र सञ्चालन मुनाफा ५९.५३ प्रतिशत बढेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ३३६.८४ प्रतिशत बढेर ५० लाख २८ हजार पुगेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा अनुपात ५.७२ प्रतिशत, कस्ट अफ फन्ड ९.९६, आधारदर १४.२२ र स्प्रेडदर ५.०१ प्रतिशत छ । खराब कर्जा वापत लघुवित्तले ३ करोड ९९ लाख रुपैयाँ व्यवस्था गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।