बुटवल पावरको नाफा ३२.८६% घट्यो

0
Shares

बुटवल पावरको विद्युत बिक्रीबाट हुने आम्दानी घटेपछि खुद नाफा १८ करोड ६७ हजार रुपैयाँमा झरेको छ । गत आवको सोही अवधिसम्ममा २६ करोड ८१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएकोमा नाफा ३२.८६ प्रतिशतले घटेको हो ।

बुटवल पावरले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट ५८ करोड ३१ लाख ७८ हजार आम्दानी गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६.७७ प्रतिशतले घटेर ५४ करोड ३७ लाख २६ हजार रुपैयाँमा संकुचित बनेको छ । कम्पनीको सञ्चालन नाफा पनि २५ करोड ९२ लाख १४ हजार रुपैयाँबाट घटेर २१ करोड ८८ लाख ८८ हजार रुपैयाँमा सीमित बनेको छ ।

चुक्ता पुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको चैतसम्ममा कम्पनीको वार्षिक प्रति सेयर आम्दानी २ रुपैयाँ ५९ पैसाले घटेर ५ रुपैयाँ २८ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात ५६.४४ गुणा छ ।

चालु आर्थिक वर्षको चैतसम्ममा कम्पनीको अन्य इक्वीटीमा ३ अर्ब ६२ करोड ५८ लाख रुपैयाँ रहेको छ । जुन गत चैतभन्दा २ करोड ४१ लाख धेरै हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।