नेष्डो समृद्ध लघुवित्तले लाभांश नदिने, जेठ २५ गते साधारण सभा आह्वान

0
Shares

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले लाभांश बिना नै जेठ २५ गते शुक्रबार पाँचौं वार्षिक साधारण सभा आह्वान गरिएको छ । 

सभा रोयल कुश्मा रिसोर्ट, पर्वतमा दिउँसो १२ः३० बजे बस्ने गरी बोलाइएको छ । गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव नगरेको कम्पनीले यस वर्ष कम्पनीका सेयरधनीलाई निराश बनाएको हो ।

सभाले सञ्चालक समितिको तर्फवाट अध्यक्षज्यूबाट प्रस्तुत गर्नुहुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा । लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाह विवरण तथा सो संग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने

नेष्डो समृद्ध लघुवित्तले अन्य इजाजतपत्र प्राप्त कुनै एक वा एक भन्दा वढि उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ती गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन तयार गर्न मुल्यांकनकर्ताको नियुक्ती तथा नीजको पारिश्रमिक निर्धारण गर्ने तथा गाभ्नेरगाभिने एवम् प्राप्तीसंग सम्बन्धित प्रचलित कानून तथा निर्देशनहरु अनुरुप अपानाउनुपर्ने तथा गर्नुपर्ने सम्पूर्ण आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

यस्तै वित्तीय संस्थाको प्रवन्धपत्र र नियमावलीमा गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायवाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्नर गराउन तथा अभिलेखन गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्वन्धि कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत वित्तीय संस्थाको सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव छ ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व पर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

साथै सभामा सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने र वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीहरुमा आवश्यक संशोधन गर्नुपर्ने भएमा छलफल गरी संशोधन गर्ने सम्बन्धमा आवश्यक निर्णय गर्ने छ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते शुक्रबार बुकक्लोज गर्ने भएको छ । बुकक्लोज अनुसार जेठ १७ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।