सोनापुर मिनरल्सको बिक्री आम्दानी घटेपछि नोक्सानी २८ करोड नजिक

0
Shares

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्म २७ करोड ८० लाख २० हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।

आईपीओअघि गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बिक्री आम्दानी करिब ३२ प्रतिशतले घटेको छ । चैतसम्म कम्पनीले १ अर्ब १७ करोड ७७ लाख ६५ हजार बराबरको सिमेन्ट बिक्री गरेको छ । गत आवको सोही अवधिमा १ अर्ब ७३ करोड बढीको बिक्री थियो ।

साथै चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीको कुल नाफा ८०.२२ प्रतिशत घटेर ८ करोड २१ लाख ११ हजारमा झरेको छ भने अन्य आम्दानी ९९.३९ प्रतिशत घटेर ४ लाख ३४ हजार छ । गत आवको चैतसम्म ४१ करोड ५० ालख बढी कुल आम्दानी र ७ करोड ८ लाख बढी अन्य आम्दानी थियो ।

चुक्ता पुँजी ३ अर्ब ७ करोड ५० लाख रुपैयाँ रहेको सोनापुरको जगेडा कोषमा ५२ करोड २६ लाख ९० लाख रुपैयाँ सञ्चित छ । पुँजी ६६.६७ प्रतिशत र जगेडा कोष ३४.८२ प्रतिशतले घटेको हो । नाफा ऋणात्मक भएसँगै कम्पनीको प्रति सेयर आम्दानी १२ रुपैयाँ ५ पैसा ऋणात्मक बनेको छ भने चैत मसान्तसम्ममा प्रति सेयर नेटवर्थ १७० रुपैयाँ ७३ पैसा छ ।

२०८० असोजमा कम्पनीले सर्वसाधारणमा प्रिमियम मूल्यमाआईपीऋो जारी गरेको थियो । कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत पाए अनुसार जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुने १ करोड २३ लाख २०० कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम सहित २२५ रुपैयाँमा आईपीओ निष्कासन गरेको कम्पनीले सर्वसाधारणका लागि भने २३७ रुपैयाँ ५८ पैसा प्रतिकित्ताको दरले सेयर बिक्री गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।