नेपाल इन्स्योरेन्सको प्रति सेयर आम्दानी ४९ रुपैयाँ धेरै


नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा बढेसागै वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) २२ रुपैयाँ ५७ पैसा बढेर ४९ रुपैयाँ ८२ पैसा पुगेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा दश प्रतिशतले पुँजी वृद्धि गरेको कम्पनीको पुँजीभन्दा ज्यादा नाफाको वृद्धि कायम हुँदा प्रति सेयर आम्दानी पनि उल्लेख्य बढेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले खुद नाफा १०१.१३ प्रतिशतले नाफा वृद्धि गर्दै ६१ करोड ४४ लाख २७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३० करोड ५४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चैतसम्म इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ २१० रुपैयाँ ३३ पैसा, मूल्य आम्दानी अनुपात १६.७४ गुणा छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ हजार रुपैयाँ रहेको छ भने इन्स्योरेन्सको विशेष जगेडा कोष ३० प्रतिशतले बढेर १ अर्ब ३३ करोड १६ लाख ६६ हजार रुपैयाँ पुगेको छ । विसं ०८० असार मसान्तको तुलनामा चैतसम्म महाविपत्ती जगेडा ४७.८७ प्रतिशत बढेर ९ करोड ४८ लाख ९४ हजार पुग्दा रिटेन्ड अर्निङ्ग ७१.५२ प्रतिशतले बढेर मा २७ करोड ४५ लाख ५७ हजार रुपैयाँ पुगेको छ । यस्तै अन्य इक्विटीमा ११ करोड २९ लाख ५४ रुपैयाँ सञ्चित छ । जुन २८ प्रतिशत कम हो ।

समिक्षा अवधिमा कम्पनीले १ अर्ब १९ करोड १९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब १० करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

प्रकाशित विवरण अनुसार इन्स्योरेन्स कम्पनीको खुद बीमाशुल्क १.४९ प्रतिशत घटेर ४९ करोड १३ लाख ४२ हजारमा झरेको छ भने कुल आम्दानी ६५ प्रतिशत बढर १अर्ब ४१ करोड ६७ लाख ४२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, इन्स्योरेन्सको कुल दाबी भुक्तानी २१.६० प्रतिशत बढेर १६ करोड ९० लाख ४५ हजार र कुल खर्च गत आवको चैतको तुलनामा २४.३० प्रतिशत बढेर ५३ करोड १७ लाख ८४ हजार पुगेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा पुनर्बीमा कमिसनमा ६० करोड १५ लाख रुपैयाँ खर्चिएको कम्पनीले यो वर्ष ७० करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै अभिकर्ता कमिशन १ करोड ४९ लाख रुपैयाँबाट घटेर १ करोड ९ लाख रुपैयाँ अभिकर्ता कमिशन खर्च गरेको छ ।

कम्पनीले चैतसम्म कुल ३२ करोड ४५ लाख रुपैयाँ अल्पकालीन र ४ अर्ब ३ करोड १२ लाख रुपैयाँ दीर्घकालीन लगानी गरेको छ । कम्पनीको सल्भेन्सी रेसियो २.०८ रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० बैशाख २०८१, आइतबार १८ : ०५ बजे