“१०% सनराइज डिबेन्चर २०८०” को सूचीकरण खारेज

0
Shares

“१०% सनराइज डिबेन्चर २०८०” को सूचीकरण खारेज भएको छ । २०८१ बैशाख ३१ गते डिबेञ्चरको अवधि परिपक्क भएसँगै नेप्सेले सूचीकरण खारेज गरेको हो ।

लक्ष्मी सनराइज बैंक लिमिटेड (साविक सनराईज बैंक लिमिटेड) ले ५ वर्ष अवधि रहेको प्रति डिवेन्चर अंकित मूल्य १ हजार रुपैयाँ दरको १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ‘१०% सनराइज डिबेन्चर २०८०’ जारी गरेको थियो ।

२०८१ बैशाख ३१ गते कारोबार समय पश्चात परिपक्क भएकोले “१०% सनराइज डिबेन्चर २०८०” को सूचीकरण मिति बैशाख ३१ गतेको निर्णयानुसार खारेज भएकाले बैंकबाट प्राप्त निवेदन बमोजिम नेप्सेले सूचीकरण खारेज गरेको नेप्सेका सहायक प्रबन्धक सरितापाण्डेयले जानकारी दिइन् ।

डिबेञ्चरको अवधि परिपक्क भएसँगै अब लगानीकर्ताले अन्तिम किस्ता तथा साँवा एकमुष्ट रुपमा फिर्ता पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।