बजारमैत्री नीति तथा कार्यक्रम आउने आशामा २८.६२ अंकले बढ्यो नेप्से, चार अर्ब बढीको कारोबार

0
Shares

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २८.६२ अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक १.४३ प्रतिशत बढेर २०२७.५१ विन्दुमा बन्द भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गर्दा बजारमैत्री नीति तथा कार्यक्रम आउनेमा लगानीकर्ता आशावादी भएपछि बजार बढेको हो। बैंक ब्याजदर र ब्रोकर कमिसन घटेकाले पनि बजारमा सुधार आएको हो। आजैबाट लागू हुने गरी धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । यस्तै, बैंकहरुले आजैदेखि जेठका लागि घटेको ब्याजदर कार्यान्वयन ल्याएका छन । 

यसदिन चार अर्ब आठ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा आएका कुल कम्पनीमध्ये २१९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २२ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । समाज लघुवित्त, उपकार लघुवित्त र यूनिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । आज सर्वाधिक परिसूचक वृद्धि लघुवित्त समूहको भएको छ । यो समूहको परिसूचक ३.४४ प्रतिशतले वृद्धि भएको छ । हाइड्रोपावर उपसमूहको सूचक पनि ३.२२ प्रतिशतले बढेको छ।

यस दिन समाज लघुवित्त, उपकार लघुवित्त र यसनिक लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने जनउत्थान सामुदायिक लघुवित्तको पनि ९.९९ प्रतिशतले बढेको छ।

यता हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ४.६४ प्रतिशतले घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १.४६ प्रतिशत र ग्रिन डेभलपमेन्ट बैंकको १.३६ प्रतिशतले घटेको छ।

यस दिन सिइडीबी हाइड्रोपावरको १५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने साइन रेशुंगा डेभलपमेन्ट बैंकको ११ करोड र आरएसडीसी लघुवित्तको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।