मेरो माइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन, सर्वसाधारणको हिस्सा बढ्यो

0
Shares

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको सेयर संरचना परिवर्तित भएको छ । लघुवित्तले सेयर संरचना परिवर्तन गरी संस्थापक समूहतर्फ ५९.४५ प्रतिशत र सर्वसाधारण समुहतर्फ ४०.६५ प्रतिशत कायम गरेको हो ।

नेप्सेको २०८१ जेठ ४ गते शुक्रबारको निर्णयानुसार परिवर्तित पूँजी संरचना पश्चात कायम भएको सेयर अभिलेख गरिएको नेप्सेका सहायक प्रबन्धक सरिता पाण्डेयले जानकारी दिइन् । लघुवित्तमा संस्थापक समूहतर्फ ७८ लाख ४० हजार ८०० कित्ता र सर्वसाधारण समुहतर्फ ५३ लाख ५९ हजार २०० कित्ता धितोपत्र कायम गरी धितोपत्र सूचीकरण गरिएको हो ।

यसअघि कम्पनीमा संस्थापक समूहतर्फ ७० प्रतिशत र सर्वसाधारण समुहतर्फ ३० प्रतिशत हिस्सा रहेको थियो । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको चुक्ता पुँजी १ अर्ब ३२ करोड छ भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल १ करोड ३२ लाख कित्ता सेयर छ ।
हाल कायम सेयर संरचना परिवर्तनको लागि आवश्यक सम्पूर्ण प्रकृया पूरा गरी नेप्से समक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।