नेरुडे मिर्मिरे लघुवित्तको सेयर सूचीकरण, आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै

0
Shares

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कुल १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर शुक्रबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकृत भएको छ ।

साबिकको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड १ः१ को अनुपातमा एकआपसमा गाभ्ने—गाभिने (मर्जर) कार्य सम्पन्न भएपश्चात कायम हुने आएको सेयर आज सूचीकृत भएको हो । प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैयाँ दरको सेयर क्रम संख्या १ देखि १ करोड ३९ लाख ७७ हजार ६४३ सम्मको धितोपत्रको सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेको २०८१ जेठ ४ को निर्णयानुसार मर्जरपछि कायम हुन आएको धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम कारोबार हुनका लागि संलग्न सम्झौता बमोजिमका शर्तहरु पालना गर्दै कर लगायतका तिर्नु बुझाउनुपर्ने दायित्व बाँकी रहेको देखिन आएमा अब कायम हुने संस्थाले व्यहोर्नुपर्ने गरी नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरिएको हो । साथै मर्जर प्रयोजनको लागि रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको छ ।

१ः१ को अनुपातमा मर्जर सम्पन्न भएको साबिकको नेरुडे लघुवित्तको चुक्ता पुँजी ७३ करोड २० लाख रुपैयाँ र मिर्मिरे लघुवित्तको ६६ ंकरोड ५७ लाख ६४ हजार २७३ रुपैयाँ रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।