मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षाप्रति नाडाको असन्तृष्टि

मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षाप्रति नाडाको असन्तृष्टि

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले मौद्रिक नीतिको तेश्रो त्रैमासिकप्रति असन्तुष्टि व्यक्त गरेको छ । नेपालको अटोमोवाइल क्षेत्रको उत्थानका लागि आवश्यक पर्ने विभिन्न महत्वपूर्ण निम्न नीतिगत सुझावहरु दिएपनि मौद्रिक नीतिले आशिंक मात्र सम्बोधन गेपछि संघले अपन्तुष्टि व्यक्र गरेको हो ।

नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुलाई बैंकहरुबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा ‘लोन टू भ्यालु रेसियो’ मा हाल ५० प्रतिशतको सीमा तोकिएकाले अटोमोवाइल व्यवसाय गम्भिर रुपले प्रभावित बनेकोले लोन टू भ्यालु ५०% बढाएर ७५%. पु¥याउनुपर्ने बताएको हो ।

यसैगरी नेपाल राष्ट्र बैंकले पेट्रोल र डिजेलबाट चल्ने निजी प्रयोजन र व्यावसायीक महत्वका सवारी साधनहरुलाई स्पष्ट रुपमा छट्याई सोहि अनुरुप बैंक लगानी गर्न सहजीकरण गरि दिनुपर्ने माग राखेको छ । निजी प्रयोजनमा गाडी खरिद गर्दा घरका धेरै सदस्यहरूले प्रयोग गर्ने भएकाले घरपरिवारको आम्दानीलाई मध्यनजर गर्दै दम्पत्तिले सवारी साधनको रूपमा अटोलोन उधारकर्ताको चुक्ता गर्ने क्षमताको गणना गर्दा विचार गर्न नाडाले माग गरेको छ ।

साथै सवारी साधनको लागि आफैँ प्रतीतपत्र खोल्दा नेपाल राष्ट्र बैंकको १०% धरौटी रकम लिएर मात्र प्रतीतपत्र जारी गर्ने व्यवस्थाको जिम्मेवारी सम्बन्धित बैंकहरुलाई नै प्रदान गरिनुपर्ने भनि नाडाले दिएका सुझावहरुका विषयहरुमा समीक्षामा सम्बोधन नगरिएको भन्दै असन्तुष्टि प्रकृट गरेको छ ।

यद्यपी २०८१ जेठ ४ गते नेपाल राष्ट्र बैकले जारी गरेको आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिम भार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिम भार घटाई १०० प्रतिशत कायम गरिनेछ व्यवस्थाको नाडाले स्वागत गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था र असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गर्ने व्यवस्था सकारात्मक रहेको उल्लेख गरेको छ ।

राष्ट्र बैंकले ल्याएका आशिंक सुधारहरुले सकारात्मक सन्देश दिएपनि नाडाले दिएको सुझावहरु आगामी दिनमा सम्बोधन हुँदै जानेमा अटोमोवाइल व्यवसायीहरु विश्वस्त हुने वातावरण बनाउन नाडाले माग गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ जेठ २०८१, आइतबार १६ : ३९ बजे