बैंकिङ्गमा फर्किएको चमक कायमै रहँदा सेयर बजारमा उत्साह, नेप्से साढे २७ अंकले बढ्यो

0
Shares

साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से वृद्धिले निरन्तरता पाएको छ । लामो समयपछि ठूला कम्पनीहरु रहेको बैंकिङ्ग क्षेत्रमा फर्किको चमक कायमै रहँदा नेप्सेमा उत्साह कायमै रहेकाे हाे ।

यसअघि बैशाख ३१ गते सोमबार लामो समयपछि बैंकिङ्ग उपसमुहगत सूचकमा ३ प्रतिशतभन्दा बढीको बढोत्तरी भएको थियो । सोभन्दा अघि २०८० फागुन २१ गते सोमबार नै बैंकिङ्ग ५.९४ प्रतिशतले बढेको थियो । त्यससता केही बढेपनि धेरै घटिरहेको बैंकिङ्गमा लगानीकर्ताको प्रवेशपछि जेठ ५ गते आइतबार २.६३ र जेठ ६ गते सोमबार ४.१३ प्रतिशतको बढोत्तरी सम्भव भएको हो ।

सेयर बजारमा सकारात्मक माहोल सिर्जना हुँदै गर्दा सस्ता सेयर मुूल्य रहेका वाणिज्य बैंकको सेयर खरिदलाई लगानीर्ताले बढाएसँगै नेप्से वृद्धि समेत टिकाउ भएको छ । थोरै पुँजी हुने कम्पनीमा काोबारीको चलखेलका कारण मूल्य अस्थिर हुने भएपनि ठूलो पुँजी भएका कम्पनीमा संस्थागत लगानीकर्ताको धेरै लगानी हुने भएकाले बजारको वृद्धि समेत टिकेकाे हो । पछिल्लो २ दिनमा मात्रै नेप्से ७२.२३ अंकले बढेको छ । 

साखगरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाबाट बैंकहरुको सेयरमा रहेको लगानीको २० प्रतिशत रकम एक वर्षमा बिक्री गर्न पाउने तथा असल वर्गको कर्जामा गरिने सम्भावित कर्जा नोक्सानी व्यवस्थालाई घटाएपछि बैंकहरुको नाफा बढ्ने भएपछि लगानीकर्ताको लगानी बैंकको सेयरमा ओइरिएको हो ।

लगानीकर्ता बैंकिङ्गमा प्रवेश गरेपछि आज नेप्से ५६.५६ अंकसम्म बढेर २१२१.०१ बिन्दुसम्म पुगेको थियो । यद्यपी अल्पकालीन लगनीकर्ताले बिक्री चाप बढाएपछि नेप्से पुनः विस्तारै करेक्शनको बाटो समाउँदै बढेको २९ अंक घटी २७.५४ अंकको वृद्धि सहित बन्द भएको हो । यससँगै नेप्सेको अडिग बिन्दु २०९२ कायम भएको छ ।

आज कारोबारमा आएका १३ उपसमुहगत सूचकमध्ये पाँच ओटामा सामान्य गिरावट आउँदा आठ ओटामा हरियाली छाएको छ । बैंकिङ्ग सर्वाधिक ४.१८ प्रतिशतले बढेको बजारमा ब्यापार २.२३, लगानी १.८४, म्युचुअल फन्ड १.८४ र हाइड्रोपावर १.३८ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक, होटल तथा पर्यटनमुलक र अन्य एक प्रतिशतभन्दा कम बढेका छन् । उता फाइनान्स, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा सामान्य घटेका छन् ।

पौने६ अर्बको सेयर कारोबार भएको आजको बजारमा पोखरा फाइनान्सको सर्वाधिक १९ करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ । सिईडिबी हाइड्रोपावरको १८ करोड ९० लाख रुपैयाँ, फस्ट माइक्रोफाइनान्स १३ करोड ४९ लाख, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३ करोड ४२ लाख र एनआईसी एशिया बैंकको ११ करोड २९ लाख रुपैयाँको कारोबार भयो । कारोबार कित्ताका आधारमा आज कुमारी बैंकको सर्वाधिक ४ लाख ४३ हजार ५८ कित्ता सेयर कारोबार हुँदा कारोबार संख्याका आधारमा हिमालयन रि इन्स्योरेन्सको १९९२ ओटा सहित शीर्ष स्थानमा रहेको छ ।

आज ३१५ कम्पनीको १ करोड ४३ लाख ७० हजार ६८९ कित्रा सेयर ८० हजार ९८२ पटक खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ८५ करोड ४३ लाख ५४ हजार २१२ रुपैयाँमा समेटिएको छ । जुन आइतबारको तुलनामा ६० करोड ३३ लाख रुपैयाँले धेरै हो ।

आजको बजारमा चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकाारत्मक सर्किट लागेको छ । यसदिन बिपिडब्लूसँग एकीकृत कारोबारपछि कारोबार खुलेको सामुदायिक लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, भगवती हाइड्रोपावर र नेरुडे मिर्मिरे लघुवित्तको सेयरमूल्य उच्च बढेको हो । । यससँगै सामुदायिक लघुवित्तको सेयर प्रतिकित्ता ९७.२० ले बढेर १०६९.५० रुपैयाँ, बुद्धभुमि नेपाल हाइड्रोपावरको ५४.७० ले बढेर ६०१.७० रुपैयाँ, भगवती हाइड्रोपावरको ६६.३० ले बढेर ७२९.३० रुपैयाँ र नेरुडे मिर्मिरे लघुवित्तको सेयर मूल्य६४.६० ले बढेर ७११.२० रुपैयाँ पुगेको छ ।

यस्तै बाराही हाइड्रोपावरको लगानीकर्ताले ९.०९ प्रतिशत, एनआईसी एशिया बैंकका लगानीकर्ताले ९.०६, माईखोला ८.२१, छ्याङ्दी हाइड्रोपावर कम्पनीको ७.२१, एनएमबि ५० को इकाई मूल्य ७.१८ र बिन्दबासिनी हाइड्रोपावरको ६.९३ प्रतिशतले मूल्य बढेको छ ।

उता सोमबारको बजारबाट उपकार लघुवित्तकालगानीकर्ताले सर्वाधिक ७.४० प्रतिशत अर्थात १४८ ले घटेर १८५२ रुपैयाँमा झरेको छ। यस्तै श्रृजनशील लघुवित्तको सेयर मूल्य ६.३७, मनकामना स्मार्ट लघुवित्तको ५.७९, युनिक नेपाल लघुवित्तको ५.६६ र नारायणी डेभलपमेन्ट बैंकको सेयर ५.५६ प्रतिशतले मूल्य घटेको छ । यस्तै मिथिला लघुवित्तको ४.४२, गुराश लघुवित्तको ४.३५, जाल्पा लघुवित्तको ४.११, १०.५०% एभरेष्ट बैंक डिबेञ्चर २०८५ को ३.९० प्रतिशत र धौलागिरी लघुवित्तको ३.७३ प्रतिशतले मूल्य घटेको छ ।

सोमबारको कारोबारपछि कुल बजार पूँजीकरण ४३ अर्ब ४८ करोडले बढेर ३३ खर्ब १७ अर्ब २९करोड ६५ लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।